निर्माण सम्पन्न नहुँदै कोलडाँडा होमस्टे भाइरल (भिडियो)

सुर्खेत । पछिल्लो समय नागरिकहरुले नयाँ–नयाँ ठाउँ अधिक रुचाउने गरेका छन् । सुर्खेतको कुरा गर्ने हो भने पातल दरवार, डाडा स्कुलको उकालोको डाडा, थारु होमस्टे निकै भाइरल भइरहेका छन् । सामाजिक सञ्जाल टिकटकले नयाँ स्थानहरुलाई छिनभरमै भाइरल गराइरहेको छ ।

 

तर आजभोली भने वीरेन्द्रनगर नगरपालिका–२ कोलडाडामा रहेको कोलडाडा थारु होमस्टे निर्माण सम्पन्न नहुँदै भाइरल बनिरहेको छ । मुलपानी चौकबाट भुरेलीबाट पश्चिम लागेपछि यो होम स्टे पुग्न सकिन्छ ।

झण्डै दुई करोड लागतमा निर्माण भइरहेको यो होमस्टेमा डुंगासहितको व्यवस्था भएपछि पछिल्लो युवा पुस्ताको पहिलो रोजाईमा परेको छ । आगामी दशैँसम्म सञ्चालन ल्याउने तयारीमा रहेको सञ्चालक पूर्णबहादुर चौधरीले बताइरहँदा पनि अहिले नै नागरिकहरुको बाक्लो उपस्थिति हुने गरेको छ ।
आखिर के छ त यहाँ हेर्नुहोस् भिडियो

तपाईको प्रतिक्रिया