रुसले डिसेम्बरभित्र ८० लाख डोज खोप दिने, नेपालले माग्यो तत्कालै ४० लाख डोज

काठमाडौं । रुसले नेपाललाई आगामी डिसेम्बरभित्र कोभिड-१९ विरुद्धको ८० लाख डोज स्पुतनिक-५ खोप उपलब्ध गराउने भएको छ ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले तत्कालका लागि ४० लाख डोज मागिएको र डिसेम्बरभित्र ८० लाख डोज खोप आउने जानकारी दिए । खोपको मूल्य लगायतका विषयमा भने टुंगोमा पुग्न बाँकी रहेको उनले जनाए ।

बुधबार मन्त्री त्रिपाठी र मस्कोबाट काठमाडौं आइपुगेको स्वास्थ्य टोलीबीच खोप आपूर्तिको बारे छलफल भएको थियो । रुसबाट सरकार-सरकार (जीटुजी) प्रक्रियाबाट त्यहाँ उत्पादित खोप स्पुतनिक(५ ल्याउने निर्णय गरेर सरकारले छलफल प्रक्रिया अघि बढाएको थियो ।

गत बैशाख ७ गते औषधी व्यवस्था विभागले रुसी खोपलाई आपतकालिन प्रयोगका लागि स्वीकृति दिइसकेको छ ।

तपाईको प्रतिक्रिया