सुर्खेत । चौकुने गाउँपालिकामा अक्सिजनसहितको आइसोलेसन कक्ष निर्माण गरिएको छ। वडा नम्बर ६ मा रहेको जीवन ज्योति माध्यमिक विद्यालयमा आइसोलेसन कक्ष निर्माण गरिएको हो।

गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले कोरोना संक्रमण नियन्त्रण गर्न र फैलिन नदिन गाउँपालिकाले सबै जनशक्ति प्रयोग गरी तयारी अवस्थामा राखेको र थप ५० शैय्या को आइसोलेसन निर्माण गरेको बताए।
साथै, उनले अहिले मानव समुदायका लागि जोखिमपूर्ण समय भएकाले सतकै रहन सबैलाई आग्रह गरे। आइसोलेसन कक्ष निर्माणमा इलाका प्रहरी कार्यालय गुटु, सशत्र प्रहरी बलको बेस क्याम गुटु र गाउँपालिकाका स्वास्थ्यकर्मीहरुको सहयोग रहेको छ।
चौकुने गाउँपालिकामा मंगलबार आठजनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पाँचजनालाई कोरोना संक्रमण देखिएको थियो। जसमध्ये तीनजना होम आइसोलेसनमा र दुईजना गाउँपालिकाको आइसोलेसन रहेका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गगनसिंह पाण्डेले जानकारी दिए।

नेपालीरैबार । २०७८ बैशाख २१, मंगलवार