हिमा (जुम्ला) । जुम्लालाई खस भाषाको उत्पति भएको उपत्यका सिञ्जाको जिल्ला भनेर चिनिन्छ । त्यहिँ फल्छ मार्सी धान । स्याउले पनि जुम्लाको पहिचान बनाएको छ । ओखर, जिम्बु लगायतका उत्पादनले पनि जुम्लालाई चिनाउँछ ।
जुम्लाको अर्को परिचय हो, काठका पुल र ती पुलमा बनाइएका मुर्तिहरु । हिमा र तिला गाउँपालिका हुँदै बगेको हिमा र तिला नदीमाथि बनाइएको काठको पुलमा कलात्मकता देखिन्छ ।
पुलको वारीपारी स्वर्गीय राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य शाह र उनका मन्त्री र गार्ड लगायतका बनाइएको छ । हिमा नदीमा रहेका पुलका मूर्तिहरु कालो तिरुवाले बनाएको उल्लेख गरिएको छ ।
सिञ्जा हुँदै बग्दै आएको हिमा नदी कालिकोटको नाग्ममा पुगेर तिला नदीमा मिसिन्छ अनि बन्छ तिला कर्णाली । यता तिला गाउँपालिकाको लिहीमा रहेको तिला नदीमा २८ वर्ष अघि बनेको कलात्मक काठको पुलमा सजाइएको राजा वीरेन्द्रनगरको तस्वीर हटाएर पुनर्निर्माणको काम शुरु गरिएको छ ।
पुलमा स्वर्गीय राजा वीरेन्द्र र उनका गार्डहरुको मुर्ति थिए । तर यो पटक स्थानीयले टुक्राटुक्रा परेको मुलुकलाई एकिकरण गर्ने राजा पृथ्वी नारायण शाहको मुर्तिलाई राख्न धमाधम काम गरिरहेका छन् ।
नेपालीरैबार । २०७८ बैशाख २२, बुधबार