काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्ने कुनै आधार नभएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन् । सोमबार प्रतिनिधिसभा हलमा प्रधानमन्त्री ओलीले विश्वासको मत मागेपछि अध्यक्ष प्रचण्डले विश्वासको मत पाउने कुनै आधार नभएको बताए ।
उनले भने, ‘प्रधानमन्त्रीजीले बुझ्दा बुझ्दै पनि विश्वासको मत लिनुभएको छ । लोकतान्त्रिक अधिकारलाई सम्मान गर्न चाहन्छु । तर, तपाईले विश्वासको मत प्राप्त गर्ने कुनै आधार छैन ।’
संसद पुनस्र्थापना भएकै दिन आफूले प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर नयाँ सरकारको बाटो खोलिदिन आग्रह गरेको पनि अध्यक्ष प्रचण्डले बताए । उनले भने, ‘संसद पुनस्र्थापना भएकै दिन भनेको थिए, राजीनामा दिएर नयाँ सरकार गठनको बाटो तय गर्नुस् भनेर भनेको थिए । हिजो बहस गर्दा भनेको थिए ‘इनफ इज इनफ’ ।’

नेपालीरैबार । २०७८ बैशाख २७, सोमबार