नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले संविधानको धारा ७६ को उपधारा २ अनुसारको सरकार गठनको प्रक्रिया प्रारम्भ गर्न आग्रह गरेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा अध्यक्ष उपेन्द्र यादवले सोमवार विज्ञप्ति प्रकाशित गरी नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन लागि आह्वान गरेका हुन् ।

नेपालीरैबार । २०७८ बैशाख २७, सोमबार