जुम्ला । नेपाल पत्रकार महासंघ जुम्लाले ५ बेडको आइसोलेशन तयार गरेको छ । जुम्ला सदरमुकाम खलंगा स्थित महासंघले आफ्नै भवनमा ५ बेडको आइसोलेसन तयार गरेको हो ।
दोस्रो लहरको कोरोना संक्रमण दैनिक बढ्दै गएको र पत्रकारहरु लाई पनि संक्रमण हुन सक्ने भन्दै तत्काल ५ बेडको आइसोलेसन पुर्वतयारी गरेको नेपाल पत्रकार महासघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले बताए ।
उनका अनुसार हालसम्म जुम्लामा कार्यरत स्थानीय तथा राष्ट्यि स्तरमा काम गर्ने कुनै पत्रकाहरुलाई संक्रमण नभएपनि पत्रकारहरु संक्रमणको उच्च जोखिममा रहेकोले आइसोलेसन तायार पारिएको हो । तत्तकाल ५ बेडको आइसोलेसन तयार भएपनि पछि आबश्यकता अनुसार बढाउन सकिने छ ।
अध्यक्ष शाहीले भने “जिल्लामा कार्यरत अधिकांश पत्रकार कोठा भाडामा बस्छन् । यदपी संक्रमित भईहालेमा पनि भाडाकै कोठामा बस्न सम्भव छैन् । अस्पतालले अक्सिजन दिनुपर्ने संक्रमित बाहेक अरुलाई भर्ना लिदैन् । त्यसैले महाँसघको आफ्नै भवनमा अक्सिजन आबश्यक नपर्ने संक्रमितका लागि आइसोलेसन बनाइएको हो ।”
महासंघकै भवनमा बनाइएको छुटै आइसोलेसनले पत्रकारहरुलाई राहत मिल्ने अध्यक्ष शाहीको भनाई छ । सकभर कसैलाई संक्रमण नहोस भएपनि उनिहरुको राहत उद्दार तथा व्यवस्थापनका लागि महासंघले विभिन्न निकायसँग समन्वय गरी अघि बढ्ने समेत उनले बताए ।
पत्रकार महासंघका सह-सचिव सागर परियारका अनुसार महासंघको भवनमा आइसोलेसन बनाउनका लागि सामाजिक क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको अब्बल गैर सरकारी संस्था पेश नेपालले सामाग्री सहयोग गरेको हो ।
पत्रकार महासंघको अनुरोधलाई स्वीकार गर्दै आइसोलेसन निर्माणका लागि पेश नेपालले ५ फाईबर सिरक, १० वटा डस्ना, ५ वटा सिरानी, ३० मिटर पिपि फर्म, ५ वटा तन्ना, ५ वटा बाटा, ५ वटा जग, ५ वटा गिलास, ५ वटा बाल्टी र ५ वटा रुमाल गरी करिब ५० हजार बराबरको ९ प्रकारका सामाग्री उपलब्ध गराएको पेश नेपालका कार्यकारी निर्देशक किशोर न्यौपानेलाई उद्रित गर्दै उनले बताए ।
कर्णाली प्रदेशका १० जिल्लाका महासंघ शाखामध्य जुम्लाले पहिलो पटक स्वागत योग्य कामका रुपमा आइसोलेसन तयार गरेको हो । महासंघकै भवनमा ५ बेडको आइसोलनेस तयार भएपछि जुम्लाका पत्रकार खुसी भएका छन् ।

नेपालीरैबार । २०७८ बैशाख २८, मंगलवार