गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ पुनः नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले बुधबार साँझ उनलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

प्रदेश प्रमुख पौडेलले १६८ (३) अनुरुप संसदमा ठूलो दलको हैसियतले नेकपा (एमाले) संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । उनलाई आजै शपथ खुवाउने तयारी भएको छ ।

यसअघि, काँग्रेस सहित ४ दलको गठबन्धनले मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री नियुक्ति गरिनुपर्ने दाबी गर्दै प्रदेश प्रमुखसमक्ष निवेदन बुझाएका थिए । राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले हस्ताक्षर नगरेका कारण उनको पक्षमा बहुमत पुगेको थिएन ।

तपाईको प्रतिक्रिया