महामारीमा व्यक्ति व्यवस्थापन गर्नमा अग्रसर हुनु गलत कदम : कँडेल

सुर्खेत । नेकपा एमाले संसदीय दलका नेता यामलाल कडेलले कर्णाली सरकारले कोरोना बिरुद्व लड्ने बेला व्यक्ति व्यवस्थापनमा ध्यान केन्द्रित गरेको भन्दै दुख व्यक्त गरेका छन् ।

उनले सामाजिक सन्जालमा कोरोना महामारीले आक्रान्त अवस्थामा व्यक्तिगत व्यवस्थापनका लागि प्रदेशलाई दिर्घकालीन असर पर्ने गरी संरचना बढाउन लागिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

‘दिनहुँ मृतकको संख्या बढिरहेको छ । यस्तो बेला सरकारको ध्यान कोभिड नियन्त्रणमा हुनुपर्ने हो,’ कँडेलले भनेका छन्, ‘व्यक्तिको व्यवस्थापनलाई आधार बनाएर बिना अध्ययन प्रदेशलाई दिर्घकालीन असर पार्ने गरी संरचना बढाउदै प्रदेश सरकार पुनर्गठन गर्नु दुःखद कुरा हो । यस्ता गतिबिधिहरूले समाजमा सकारात्मक प्रभाव पार्दैन।आक्रोस र निराशा बढाउँछ ।’

आम जनमानसमा मनोबैज्ञानिकरूपमा सकारात्मक प्रभाव नपर्ने देखेर प्रदेश सभाको बैठक स्थगित गरिएको स्मरण गराउँदै उनले महामारीको अवस्थामा सामुहिक रुपमा जुट्न आह्वानसमेत गरेका छन् ।

‘अहिले जीवनरक्षा नै प्रमुख विषय हो । सबैले आआफ्नो स्थानबाट जिम्मेबारीपूर्वक सोचौं । सरकार पुनर्गठन नियमित प्रक्रिया हो तर कर्णाली प्रदेशको आवश्यकता र समयअनुसार होइन,’ उनले लेखेका छन् ।

Yam

तपाईको प्रतिक्रिया