
सुर्खेत । कोरोना महामारीले आक्रान्त बनेको भारतले यति बेला थुक्ते आधीको सामान गर्नु परेको छ । महाराष्ट्र नजिकैको समुद्रबाट शुरु भएको यो आधी अहिले तिव्र गतिमा उत्तरपश्चिमतर्फ फैलिरहेको छ । आधीले भारतको गोवा, मुम्बई, गजरातमा ठूलो क्षती पु¥याएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गुजरात प्रदेशको सुरत आइपुगेको आँधीको आंशिक प्रभाव नेपालको पश्चिमी क्षेत्रमा समेत देखिन थालेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक रुपमा यो आधीको प्रभाव देखिन थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौमसविद् मिनकुमार अर्यालले जानकारी दिए । उनकाअनुसार यो आधीले आज नेपालको पश्चिम क्षेत्रबाट प्रवेश गर्ने र मंगलबारदेखि हल्लादेखि मध्यमखालको वर्षा गराउने छ । ‘आज साँझ सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षा हुने सम्भावना छ,’ मौसमविद् अर्याल भन्छन्, ‘मंगलबारदेखि अलि बढी प्रभाव रहने देखिन्छ ।’ नेपालमा यति बेला पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेकाले पनि वर्षा हुने प्रक्षेपण मौसमविद् अर्यालको छ । ‘पश्चिमी वायुमा आधी समिश्रणहुँदा वर्षा गराउँछ,’ मौसमविद् अर्यालले भने, ‘भारतमा विकसित भएको आधी र नेपालविच दुरी टाढा रहेकोले त्यति ठूलो प्रभाव त रहदैन् तर पश्चिमी वायु मिसिदा नेपालमा मैगलबारदेखि असर गर्ने देखिन्छ ।’

नेपालीरैबार । २०७८ जेष्ठ ३, सोमबार