नेपालमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएयता २ कजार बढीको मृत्यु भइसकेको छ । चैत २० गतेयता संक्रमणबाट २ हजार १८३ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गतवर्षको पहिलो लहरमा ३ हजार ३२ को मृत्यु भएको थियो ।
आजको नागरिक दैनिक लेख्छ–राष्ट्रिय इपिपिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख बाबुराम मरासिनीले सरकारको खराब व्यवस्थापनले गत वर्षको तुलनामा यो वर्ष धेरैको मृत्यु भएको बताए । सरकारले होम आइसोलेशनमा रहेकालाई हेरचाह गर्ने दायित्व निर्वाह नगर्दा मृत्यु हुनुनपर्ने उमेरकाको समेत ज्यान गएको उनले बताए ।
नेपालीरैबार । २०७८ जेष्ठ ४, मंगलवार