संसद फेरि पुनःस्थापना हुन्छ-अध्यक्ष प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विघटित प्रतिनिधि सभा पुनःस्थापित हुने बताएका छन्।

शनिबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको ५ दलको बैठक सकिएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै प्रचण्डले संसद विघटनविरुद्ध अदालत जाने र अदालतबाट संसद पुनःस्थापित हुने बताए।

उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन शुक्रबार हस्ताक्षर १४९ गर्ने लगायतका थप सांसद्हरु सहित सर्वोच्चमा जाने बताए। हिजोकै जनताले अहिले पनि प्रतिनिधि सभा विघटनका विरुद्ध प्रतिवाद गर्ने प्रचण्डको भनाइ छ।

तपाईको प्रतिक्रिया