काठमाडौँ– पूर्व अर्थमन्त्रीहरुले अहिलेको सरकारले पूर्ण बजेट ल्याउन निमल्ने बताएका छन्।
बुधबार पूर्व अर्थमन्त्रीहरु डा. रामशरण महत, सुरेन्द्र पाण्डे, डा. प्रकाशचन्द्र लोहनी र वर्षमान पुनबीच जुम बैठक भएको थियो।
बैठकमा नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री रामशरण महतले वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने बताए। बैठकमा पाण्डे, लोहनी र पुनले पनि समान धारणा व्यक्त गरेका थिए।
सरकार कामचलाउ अवस्थामा रहेको हुँदा पूर्ण बजेट ल्याउन नपाइने उनीहरुको निष्कर्ष छ।
राप्रपा अध्यक्षसमेत रहेका पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीले सरकारको वैधानिकतानै संकटमा परेका कारण पूर्ण बजेट ल्याउन नमिल्ने बताए।
अध्यादेशमार्फत आम्दानी र खर्चको हिसाब पेश गर्नु बाहेक सरकारले अरु केही गर्न नमिल्ने लोहनीको भनाइ थियो।
नेपालीरैबार । २०७८ जेष्ठ १३, बिहीबार