काठमाडौं– आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुँदै छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट बजेट भाषण गर्ने छन्। अपराह्न ४ बजेपछि बजेट भाषण सुरु हुने जनाइएको छ।
जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ। तर, प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीलेसंसद् विघटन गरेसँगै सरकारले अध्यादेशमार्फत बजेट ल्याउन लागेको हो।
कामचलाउ सरकाले पूर्णबजेट ल्याउन तयारी गरेपछि विभिन्न क्षेत्रबाट त्यसको विरोध भइरहको छ । सरकार कामचलाउ भएका कारण पूर्ण बजेट ल्याउन आर्थिक क्षेत्रका विज्ञहरुले आग्रह गरेका छन्।
पूर्वप्रमुख निर्वाचन आयुक्त, योजना आयोगका पूर्वउपाध्यक्ष, पूर्वअर्थमन्त्रीहरु, पूर्वप्रशासक सबैले सरकारले चुनावकेन्द्रित बजेट ल्याउन लागेको भन्दै आलोचना गरेका छन् ।
नेपालीरैबार । २०७८ जेष्ठ १५, शनिबार