काठमाडौं । मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक बजेट अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
मन्त्रिपरिषदको बैठकले अर्थमन्त्री विष्णु पौडेलले पेस गरेको बजेटलाई स्वीकृत गरी सिफारिसका लागि राष्ट्रपतिसमक्ष पठाएको छ । बजेट अध्यादेशसँगै अन्य ३ वटा अध्यादेश राष्ट्रपतिसमक्ष पठाइएको बताइएको छ ।
राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि बजेट अर्थमन्त्री पौडेलले आज ४ बजे बजेट प्रस्तुत गर्दैछन् ।
नेपालीरैबार । २०७८ जेष्ठ १५, शनिबार