विद्यार्थीलाई ल्यापटप किन्न कर्जा, सिम ‘फ्रि’ मा

काठमाडाैं– सार्वजनिक विद्यालय तथा क्याम्पसका उच्च माध्यामिक र सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक सिकाइमा सहयोग पुर्‍याउने उद्देश्यका ल्यापटप किन्न सरकारले कर्जा दिने भएकाेछ।

सरकारले बजेटमार्फत एक थान ल्यापटप खरिद गर्न रु ८० हजारसम्म २ वर्षसम्मका लागि कर्जा दिने भएकाे हाे। यस्ताे कर्जाकाे ब्याज एक प्रतिशतसम्म मात्र हुने अर्थमन्त्री विष्णु पाैडेलले बताए।

त्यसैगरी, १६ वर्षभन्दा माथिका विद्यार्थीलाई एक थान सिमकार्डसमेत नि:शुल्क उपलब्ध गराइनेछ।

तपाईको प्रतिक्रिया