बजेटमा पर्यटन व्यवसायीको असन्तुष्टी, ‘बजेटले दिएको छुट र नीतिले पर्यटन क्षेत्र उकासिदैन’

काठमाडौं : आर्थिक वर्ष २०७८/७९ बजेट प्रति पर्यटन व्यवसायीले असन्तुष्टी जनाएका छन्। बजेटले दिएको छुट र नीतिले पर्यटन क्षेत्र उकास्न नसक्ने उनीहरुले बताए।

नेपाल एशोसिएसन अफ ट्राभल एण्ड टुर एजेन्ट्सका अध्यक्ष अच्यत गुरागाइँले पर्यटन क्षेत्रको समस्या संबोधन गर्ने बजेट नआएको बताए।

‘बजेटले पर्यटन क्षेत्रलाई संबोधन गर्न सकेन। बजेटमा ल्याएको नीतिले पर्यटन प्रवर्द्धन पनि गर्न सक्दैन्’, उनले भने।

ट्रेकिङ एजेन्सी एशोसिएसन नेपालका अध्यक्ष खुम सुवेदीले गत वर्षको बजेटले आशा जगाएपनि यो वर्षले भने निराशा थपेको बताए।

कोभिडका कारण ट्रेकिङ उद्योगमा आवद्ध १७ प्रतिशत व्यवसायी र जनशक्ति विस्थापित भइसकेको बताउँदै सेप्टेम्बरमा पनि पर्यटन आउने सम्भावना नरहेकोले ८० प्रतिशत पलायन हुने उनले जिकिर गरे। होटल संघका वरिष्ठ उपाध्यक्ष विनायक शाहले तत्कालिन राहत खोजेका व्यवसायीलाई संबोधन गर्न नसकेको बताए।

‘यो त एउटा काम चलाउ सरकार हो। भोलि चुनाव भयो भने नयाँ सरकार आउला। त्यही भएर हामीले धेरै अपेक्षा गरेका छैनौँ,’ उनले भने।

तपाईको प्रतिक्रिया