काठमाडौं- आगामी आर्थिक वर्ष २०७८/७९ मा संघीय (केन्द्र) सरकारले प्रदेश र स्थानीय तहलाई ३ खर्ब ८६ अर्ब रूपैयाँ उपलब्ध गराउने भएको छ।
वित्तीय समानीकरण, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान शीर्षकमा यो रकम प्रदेश तथा स्थानीय तहमा पठाउन लागिएको अर्थ मन्त्रालयले उल्लेख गरेको छ।
आगामी आवमा प्रदेशहरूले १ खर्ब ३ अर्ब रकम प्राप्त गर्ने भएका छन् भने स्थानीय तहहरूले २ खर्ब ८३ अर्ब प्राप्त गर्ने भएका छन्।
देशभरका ६ महानगरले १० अर्ब ९ करोड रकम संघ सरकारबाट प्राप्त गर्ने भएका छन्।
तपाईंको पालिकालाई कति? सूचीमा हेर्नहोस्
नेपालीरैबार । २०७८ जेष्ठ १६, आईतवार