सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रदेशभित्रकैभन्दा बाह्य तरकारीको दवदवा छ । प्रदेश सरकारले प्रदेशभित्रैका कृषकहरुलाई व्यवसायीक बनाउन वर्षेनी महोत्वकांक्षी योजनाहरु सार्वजनिक गरिरहेको छ । तर वास्तविक कृषकले नअनुदान पाउँछन्, नत कुनै जोखिम भएमा राहत । प्रदेश भरका कृषकहरुलाई सरकारले कसरी न्यायोचित गरेको छ भन्ने उदहारण प्रदेश राजधानी वीरेन्द्रनगर भित्रका कृषकहरुको पीडा हेर्दा छर्लङ्ग हुन्छ ।
प्रदेश बाहिर र छिमेकी राष्ट्र भारतबाट तरकारी भित्र्याउन सहज मान्ने फलफुल र तरकारी व्यवसायीले स्थानीय कृषकले उत्पादन गरेको बस्तु समेत खरिद गर्न मान्दैनन् । वीरेन्द्रनगर–१० बुलबुले उद्यानको दक्षिणतर्फ व्यवसायीक रुपमा कृषि पेशामा होमिएका कृषकहरुलाई अहिले आफूले गरेको परिश्रम चौपट भएपनि चिन्तित बनेका छन् ।
सात जना कृषकहरु मिलेर गरिएको तरकारी र फलफुल खेती निषेधाज्ञा र वर्षात्का कारण बारीमै कुहिएको छ । झण्डै दश लाखको लगानी गरेर भाडामा लिएको जमिनमा कुहिएको हो । प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगरको माग धान्ने उदेश्यले गरिएको तरकारी र फलफुल खेतीमा गरिएको कृषक मणिराम लामिछानेको भनाई छ ।
‘बजार पठाउन तयारी अवस्थामा रहेको तरकारी र फलफुल निषेधाज्ञाका कारण पठाउन नसक्दा पानीले क्षती पु¥यायो,’ कृषक लामिछानेले भने, ‘पुस माघदेखिको परिश्रम र लगानी बालुवा पानी हालेसरी खसाप भयो ।’
चार विगाह जमिनमा गरिएको बन्दा, लौका, काँक्रा र तरभूजा बारीमै कुहिएको छ । पाँच वर्षदेखि व्यवसायीक कृषि पेशामा होमिएका कृषक लामिछाने बताउँछन् । निषेधाज्ञा र वर्षाले गर्दा झण्डै ६० लाख बराबरको क्षती भएको उनको भनाई छ ।
तरकारी र फलफुल कुहिएपछि प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्र बारीमै पुगेर अनुमगन गरेका छन् । मन्त्रालयले दिन मिल्ने राहत कृषकहरुलाई उलव्ध गराउने र बजारको सुनिश्चितता गर्दिने आश्वासन दिएका छन् । तर सचिव मिश्रले व्यवसायीक रूपमा तरकारी खेती गर्ने कृषकहरूलाइ अनिवार्य विमा गर्न अपिल गरेका छन् ।
तर कृषक लामिछानेकाअनुसार सरकारले सहुलियतसँगै जोखिम भएमा क्षतीपूर्ती दिनुपर्ने माग छ । विमा लागि नगरपालिका गएपनि गन्तव्य नदेखाइदिएकाे गुनासाे उनकाे छ । ‘कृषि पेशालाई मर्यादित र व्यवसायीक वनाउन वास्तविक कृषकहरुको हित अनुकुल कार्यक्रम सरकार ल्याउँदैन्,’ लामिछाने भन्छन्, ‘दुःखले गरिएको तरकारी खेती वर्षेनी जोखिम भएर यसरी नै खेर जाँदा काम गर्ने जागर नै हराउन थाल्यो ।’
नेपालीरैबार । २०७८ जेष्ठ १७, सोमबार