सर्वोच्चद्वारा बोलाइएकाे मन्त्री थापा सुटुक्क दैलेख, अदालतबाट लिए नक्कल !

सुर्खेत । सर्वोच्च अदालतले फौजदारी अपराध प्रमाणित भइसकेका भौतिक पूर्वाधार विकास मन्त्री अम्मरबहादुर थापालाइ बाेलाएपछि दैलेख पुगेका छन् । अपराध प्रमाणित भइसकेकाले थापा मन्त्री हुन नपाउने दायर भएको रिटमाथि न्यायाधीस नहकुल सुवेदीद्धारा जारी भएको आदेशमा जेठ तीस गते सर्वोच्चमा उपस्थित हुन बोलाईएकाे हाे ।

तर मन्त्री थापा दैलेख पुगेर जिल्ला अदालतबाट आज नक्कल लिएका छन्  । उनी हिजो मात्रै रातारात दैलेख पुगेका थिए भने उनी आएको बारेमा आफूलाई कुनैपनि थाहा नभएको भन्दै जिल्ला प्रशासन कार्यालय दैलेखले झुट बोलेको छ ।

‘सर्वोच्चले उहाँलाई बोलाएको छ । त्यसबारेमा के गर्न सकिन्छ वा कानूनी प्रक्रिया के हुन भन्ने बारेमा थप जानकारी लिन उहाँ भेटघाटमा सक्रिय हुनु भएको हो,’ श्रोत भन्छ, ‘सर्वोच्चले झिकाई सकेकाे समयमा मन्त्री थापा दैलेख पुग्नुलाइ आशंका गरिएकाे छ ।’

जिल्लामा आउने भिआइपीका बारेमा प्रमुख जिल्ला अधिकारीलाई पहिले नै जानकारी हुन्छ तर  दैलेखका सिडियो हरि प्याकुरेल यसबारेमा प्रहरीलाई बुझ्नुपर्ने भन्दै उनी दैलेख आए नआएको बारेमा आलटाले जवाफ फर्काइरहेका छन् ।

प्रमुख जिल्ला अधिकारी प्याकुरेल र मन्त्री थापाको गहिरो सम्वन्ध छ । उनीहरु दुवै बीचको सम्वन्धका कारण नागरिकता किर्ते जस्तो आरोपमा कुने गडबड हुन्छ कि भन्ने आशंकामा स्थानीय रहेका छन् । दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले मन्त्री थापा दैलेख आएको थाहा नभएको बताए ।

‘उहाँ दैलेख अएको बारेमा मलाई केहि पनि जानकारी छैन । मसँग भेट भएको भन्ने कुरा गलत हो,’ उनी भन्छन, ‘उहाँ दैलेख आएको भन्ने कुरा बुझ्न मैले प्रहरीलाई बुझ्नुपर्छ ।’ प्रजिअ प्याकुरेलले यसो भनेपनि आज मन्त्री थापा प्रशासन कार्यालय पुगेको श्रोतको दाबी छ ।

जिल्ला अदालतका श्रेस्तेदार इन्द्रबहादुर कार्कीले आफ्नो मुद्दाको नक्कल लिन अदालतमा आएको बताए । ‘उहाँ एकछिन अघि यहाँ आउनु भएको हो । उहाँले सर्वोच्ले कागजात मगाएको भन्दै आफ्नो मुद्दासँग सम्वन्धित कागजातको नक्कल लिएर गइसक्नु भएको छ,’ कार्कीले भने ।

तपाईको प्रतिक्रिया