काठमाडौं । अब सेवा निवृत्त राष्ट्र सेवक कर्मचारीहरूको मासिक पेन्सन आफ्नै खातामा जम्मा हुने भएको छ ।
महालेखा नियन्त्रक कार्यालयले पेन्सन बिध्युतीय माध्यमबाट सोझै ब्यक्तिको खातामा जम्मा हुने प्रणाली ृईएफटीे शुरू गरेको छ ।
यससँगै पेन्सन अब सिधै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुने भएको हो । नियन्त्रकको कार्यालयले एक विज्ञप्ति जारी गर्दै तत्काल करिब २ लाख ७६ हजार सेवा निवृत्त कर्मचारीले लाभ प्राप्त गर्ने जनाएको छ ।
कार्यलयमा आयोजित एक कार्यक्रमका बीच महालेखा नियन्त्रक मधुकुमार मरासैनीले सो प्रणालीको शुभारम्भ गरेका छन् ।
नेपालीरैबार । २०७८ जेष्ठ २३, आईतवार