राजनीती

माओवादीको सूदुरपश्चिम सरकार जोगाउन कांग्रेसले मत दिने, माधव नेपाल पक्षको पनि साथ

वीपक्षमा रहेको नेपाली कांग्रेसले सूदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टराई मतदान गर्ने भएको छ । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि आज मुख्यमन्त्री भट्टले प्रदेश सभामा विश्वासको मत लिँदैछन् ।

सूदुरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलको बैठकले भट्टराई समर्थन गर्ने निर्णय गरेको प्रमुख सचेतक टेबबहादुर रैकाले जानकारी दिए ।

‘वर्तमान सरकारलाई समर्थन गर्ने केन्द्रको निर्देशनअनुसार मुख्यमन्त्री भट्टलाई समर्थन दिन्छौं,’ भट्टले भने । ५२ सदस्य रहेको प्रदेश सभामा माओवादीका १३ सांसद छन् । नेपाली कांग्रेसका १२ सांसद छन् । बहुमतका लागि आवस्यक २७ सांसदका लागि कांग्रेस र माओवादी गठबन्धन जोड्दा २ भोट अपुग हुन्छ ।

नेकपा एमालेको माधव नेपाल पक्षले पनि भट्टलाई समर्थन गर्ने निर्णय गरेको छ । २५ जना सांसद रहेको एमालेका सभामुखबाहेक १८ जना माधव नेपालको पक्षमा छन् । सरकारलाई दिएको समर्थन फिर्ताका लागि केन्द्रले निर्देशन दिएपनि माधव नेपाल पक्ष प्रदेश सरकारमा सहभागी छ ।

प्रदेश सरकार जोगाउन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले नेता माधवकुमार नेपालसँग काठमाडौंमा परामर्श गरेका थिए । २०७४ सालमा एमाले र माओवादीको बाँडफाँडमा सुदूरपश्चिम सरकार माओवादीको भागमा परेको थियो । एमालेको समर्थनमा भट्ट मुख्यमन्त्री बनेका थिए ।

तपाईको प्रतिक्रिया