सुर्खेत । नेविसंघ जिल्लाकमिटी दैलेखका सदस्य तथा विद्यार्थी नेता रबिन्द्र थापाले स्वास्थ सामाग्री वितरण गरेका छन् । प्राथामिक सवास्थ्य केन्द्र लकान्द्र दैलेखलाई ३५ हजार बराबरको स्वास्थ्य सामाग्री उनले व्यक्तिगत खर्चबाट सहयोग गरेका हुन् ।
कोभिट १९ रोकथाम तथा मियन्त्रणका लागि उपचारका खटिएका स्वास्थ्यकर्मी नै जोखिममा परेको भन्दै उनले स्वास्थ्यकर्मीलाई हौसला प्रदान गर्न सामाग्री प्रदान गरेको बताए ।
हस्तान्तरण सामाग्रीमा सर्जिकल माक्स २ हजार पिस सेनिटाइजर १ सय, केएन नाइन्टी फाइब माक्स ४० पिस लगायत अन्य स्वास्थय सामाग्री उपलब्ध गराएका हुन् । सामाजिक काम गर्दै आएका थापाले समाज परिवर्तनका लागि समस्यमा परेकालाई सहयोग गर्दै आएका छन् ।
नेपालीरैबार । २०७८ जेष्ठ ३०, आईतवार