जुम्लामा चामल किन्न तछाडमछाड, भिड रोक्न वितरण बन्द गरी तोकियो समय तालिका

जुम्ला । निषेधाज्ञाले प्राय आउजाउ बन्द छ । सजिलै सवारी साधान पाइँदैन । एका बिहानै हातमा डोरी समाएर लाइनमा बसेका मान्छे को अघि को पछि भन्दै तछाडमछाड गरिरहेका हुन्छन् ।

तस्विर :कृष्णमाया उपाध्याय (फेशबुक)

विगत लामो समयदेखि देखिने यो दृष्य हो, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय जुम्लाको । एकातिर कोरोना माहामारी र अर्कोतिर भोकमारीले सताउँदै गएपछि संस्थानमा चामल किन्नेहरुको लर्कोले कोरोना संक्रमणको जोखिम समेत बढाएको छ ।

संस्थानमा सबैभन्दा पहिले जो पुग्यो उसैले पहिलो नम्बरमा चामल पाउने भएकाले पनि छिटो उठेर संस्थानमा पुगी लाइन बस्न प्रतिस्पर्धा नै हुन्छ जुम्लामा । संस्थानको चामल बजारको भन्दा सस्तो हुने भएकाले संस्थानै पुगेर चामल लिने बढेका छन् । निषेधाज्ञाले खासै कमाई पनि नहुने भएकाले स्थानीयवासीको आकर्षण यतिबेला संस्थानको चामलप्रति छ ।

यसरी संस्थानमा चामल लिनेहरुले तछाडमछाड गरेको सूचना प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालयको निर्देशनमा तत्काल भिड व्यवस्थापन गरी चामल वितरणको कार्यतालिका तोकिएको छ । २० प्रतिशत छुटमा चामल विक्रि गर्न थालिएपछि भिड बढेको हो । उक्त भिडभाडले कोरोना संक्रमणको जोखिम बढेपछि असार २ गतेदेखि गालु हुने गरी नयाँ तालिकाको आधारमा चामल बिक्रिवितरण खुला गरिने भएको छ ।

यस्तो छ भिड रोक्न चामल वितरण बन्द गरी तोकिएको समय तालिका

तपाईको प्रतिक्रिया