गरिबको न सरकार ! नत सहयोगी !

तटबन्धकाे कष्टकर बास, बाढी आउने त्रासले रातभर जाग्राम

सुर्खेत । मनसुन सक्रिय भएसँगै कर्णालीसहित देशका अधिकांश क्षेत्रमा भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण सुर्खेतमा बाढी पहिरोको उच्च जोखिम बढेको छ । यता सुर्खेतको बिचबाट बग्ने खोर्केखोलामा वर्षेनी बाढी आउँदा स्थानीयले ठुलो क्षति बेहोर्नु परेको छ ।

तर त्यही खोर्के खोला छेउमा एक गरिब आमाको परिवार कष्टकर बास बिताउँदै आएको छ । उनीहरुको नाममा न कुनै जग्गा छ, नत अन्त गएर बस्ने ठाउँ नै । उनी हुन् मनसुबा गुरूङ । खोर्केखोलाको छेउमा बाढी रोक्न हालिएका तटबन्धको ग्यामिनमाथि पुराना कपडाको पाल बनाएर झुप्रो हाली बस्न बाध्य यो परिवारप्रति कसैको ध्यान जान सकेको छैन । बाढीले खोला छेक्न बनाइएको तटबन्धनको धार परिवर्तन गरेमा यी आमा र उनको परिवार बाढीमै बिलय हुने निश्चित छ ।                                        https://youtu.be/RjvYTmWSig4

खोला छेउमा यी आमासँगै ६ जनाको परिवार जोखिमयुक्त कष्टकर बास बिताउँदै आएको हो । यस सम्बन्धमा नगरपालिका तथा ५ नम्बर वडा कार्यालय पनि जानकार नभएको होइन । तर ध्यान दिन नचाहेको जस्तो देखिन्छ ।

यीनिहरुको पनसर््थापनाका लागि हामिले ८ महिनादेखि प्रयास गरिरहेका छौं । तर प्रदेश सरकार र नगरपालिकाले वास्ता नगर्दा यो परिवारको रात खुला आकाशमुनी बस्न बाध्य छ । आकाशको पानी सिधै ओछ्यानमै पुग्छ । बाढीको त्रासले यो परिवार रातभर सुत्दैनन् । यसबारे बारम्बार जिम्मेवार निकाय प्रदेस सरकार, नगरपालिकालाई जानकारी गराउँदा सुनुवाई भएको छैन ।

त्यो त कर्णाली सरकारले सडक मानवपेक्षी प्रदेश घोषणा नरेको पनि होइन । तर आफुले गरेको घोषणा आफै भुलेको छ । सडक तथा खोला छेउ किनारमा अव्यवस्थित बसोबास गर्दै आएका यस्ता परिवारप्रति प्रदेश सरकारले ध्यान दिनुपर्ने हो । तर खोला छेउमा कष्टकर जिीवन बिताइरहेको दृष्य देखेपनि सरकारको नेतृत् वगर्ने जिम्मेवार व्यक्ति तथा निकाय मौन देखिन्छन् ।

यता ५ नम्बर वडाध्यक्ष राजबहादुर गुरुङ्गसँग सम्पर्क गर्न खोज्दा नेपाली रैवारको प्रयास सफल भएन । तर सोही वडाका वडा सदस्य चन्दलाल सापकोटाले उनको समस्याका बारेमा जानकार रहेको भन्दै यथासिघ्र उद्दारमा पहल गर्ने प्रतिवद्धता जनाए ।

यता वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुवेदी भने आफूले जग्गा दिन नसक्ने भन्दै वडाले कतै व्यवस्थापन गरे आवश्यक राहतको प्रवन्ध मिलाउने आश्वासन दिएर जिम्मेवाररीबाट पन्छिन खोजेको देखिन्छ ।

अर्कोतिर कोरोना माहामारीले जारी निषेधाज्ञाका कारण उनको घरमा दैनिक उपभोग्य सामाग्रीको समेत अभाव छ । केही दिनअघि देउती यातायात प्रा.लि.का अध्यक्ष कमल खड्का जुनिले केही खाद्यान्न जोहो गरिदिएका थिए । तर खड्का बाहेक उनको त्यो दुखी परिवारलाई अरु कसैले पनि सहयोग गरेका छैनन् ।

तपाईको प्रतिक्रिया