कर्णालीको तिरमा एक्लै डुल्दै गर्दा
छल्किरहेका छालहरु नियाल्दै गर्दा
म त तिम्रो यादमा चुर्लुम्म डुबे छु ।
सँगसँगै कर्णाली तरेको यादमा भुलेछु ।
कति मिठो त्यो याद सँगै रमाएको
तिम्रो हात समाई सेल्फी खिचाएको ।
कल्पनाबाट बाहिर आउँदा एक्लै भए ।
छालभित्रका भूमरीमा तिमीलाई खोजे ।
तर त्यहाँ देखेमात्र पानीका छल्काहरु
अनि त्यही छल्काहरुमा हराउन पुगेछु ।
नदीको दुई किनार एक अर्कालाई हरिरहेका थिए ।
अनि हेर्दै थिएँ वरिपरीका फाँट र बगरहरु
प्रकृतिका अनुपम उपहार हेर्दै खुशी साट्दै थिए ।
मैले सोचे,
यी दुई किनारहरु एक भइदिए
एक आपसमा सुन्दर प्रित लाइदिए
कति जाति हुन्थ्यो होला त्यो समय
म कति खुशी हुन्थे होला आज यहाँ तिमी भए ।
सँगै बसेर हेर्ने थियौं कर्णालीका छालहरु
अनि रमाउँदै हेर्ने थियौं यहाँका जलेवाहरु
जुधाउने थियौं यी प्यारा परेलाहरु
आहा कति राम्रो कर्णालीको छाल
यस्तै गाढा बनिरहोस् हाम्रो माया जाल
कविता
कर्णालीको छाल
तपाईको प्रतिक्रिया
सुरेश आचार्य । २०७८ असार २, बुधबार