ठाकुरद्वारा । बर्दिया राष्ट्रिय निकुञ्ज र महिला वातावरण उप समिती ठाकुरद्धाराले मध्यवर्ती क्षेत्र भित्र बसोबास गरी निकुञ्जका बन्यजन्तुको आक्रमण बाट ज्यान गुमाएका परिवारका बालबालिकालाई छात्रवृत्ति वितरण गरेको छ ।
बाँके बर्दिया र सुर्खेत जिल्लाका ८ वटा पालिका अन्र्तगत बन्जन्तुबाट ज्यान गुमाएका परिवारका विभिन्न विद्यालयमा अध्यनरत करिब ५० जना बालाबिकालाई छात्रवृत्ति वितरण गरिएको हो ।
बर्दिया राष्ट्रिय निकुञ्जको तर्फबाट जनही रु २० हजारका दरले २४ जनालाई ४ लाख ८० हजार र महिला वातावरण उप समितिको तर्फबाट जनहि रु ४ हजारका दरले ५० जनालाई जम्मा २ लाख गरी कुल ६ लाख ८० हजार रुपैया छात्रवृत्ति वितरण गरिएको महिला वातावरण उप समितिका अधक्ष्य सावित्रा थापाले जानकारी दिइन् ।
बाँकेको बैजनाथ गाउँपालिका, बर्दियाको बाँसगढि नगरपालिकाका, बारबर्दिया नगरपालका, गेरुवा गाउपालिकाका र सुर्खेत जिल्ला मध्यवर्ती क्षेत्र अन्र्तगतका पालिकामा छात्रवृत्ति वितरण गरिएको थापाले बताइन् ।
कोभिडको विषम परिस्थितीमा स्वास्थ्य मापदण्ड पालना गर्दै बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठ, महिला वातावरण उप समिति अधक्ष्य सावित्रा थापा, मध्यवर्ती क्षेत्र व्यवस्थापनका निलकण्ठ कडेल सहितको समुहले बालबालिकाको घरदैलोमा नै गएर सो छात्रवृत्ति रकम हस्तान्तरण गरेको हो ।
छात्रवृत्ति वितरण गर्ने क्रममा बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले मध्यवर्ती क्षेत्र भित्रका स्थानीयको संरक्षणप्रतिको लगावलाई उच्च सम्मान गर्दै बालबालिकाको संरक्षणप्रति रुचि जगाउन र थोरै भएपनि सहयोग पुग्ने उदेश्यले विगत वर्षको झै यो वर्षपनि आर्थिक सहयोग कार्यक्रमलाई निरन्तरता दिइएको बताए ।
छात्रवृत्ति रकममा बर्दिया राष्ट्रिय निकुञ्ज, ठाकुरबाबा मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, डब्लु डब्लु एफ, राष्ट्रिय प्रकृति संरक्षण कोष र डब्लु डब्लु एफ यु यस बोर्ड सदस्य सिंगल्टन रणकिनको सहयोग रहेको अधक्ष्य थापाले जानकारी दिइन्।
हात्तिको आक्रमणमा मारिएका परिवारलाई किरिया खर्च
गत शुक्रबार जंगली हात्तिको आक्रमणबाट बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अन्र्तगत बाँसगढि नगरपालका ८ भैसासुर बस्ने ७८ वर्षका एक पुरुषको मृत्यु भएको थियो । मृत्यु हुनेमा नरेन्द्र सापकोटा रहेको निकुञ्जले जनाएको छ ।
सोही मृतकका परिवारलाई राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले किरिया खर्च बापत शुक्रबार निकुञ्जको तर्फबाट ५० हजार हयोग हस्तान्त्रण गरेका छन् ।
नेपालीरैबार । २०७८ असार ५, शनिबार