कोहलपुर । आईएमई लाईफ इन्स्योरेन्स कोहलपुर शाखा कार्यलायाले तीन दिनमै २० लाख २६ हजार मृत्युुदावी रकम भुक्तानी गरेको छ । विमा गरेको एक बर्ष पूरा नहुदै कोहलपुर ५ बाँकेका ३४ बर्षीय लक्ष्मणकुमार थापाको बैशाख २२ गते कोरोना संक्रमणका कारणले मृत्यु भएको थियो ।
उनको निधनपछिको १३ दिने काजकिरिया लगतै एजेन्सी म्यानेजरले समयमै कम्पनीलाई जानकारी गराउन र कागजी प्रक्रिया अगाडी बढाउन धेरै सहयोग गरेको र बिमामा आउनु पर्नी रकमहरु समयमै आउदैन, कागजी कामकाज लामो र झन्झटिलो हुन्छ भन्ने जस्ता अफवाह हल्लाह गाउँघरमा सुन्दै आएतापनि आफुले त्यस्तो केही महशुस गर्न नपरेको भन्दै कार्यालयमा एकपल्ट मात्र गएको कारण सहजीकरण गरी छिटो विमा रकम भुक्तानी गरिदिएको मृतककी श्रीमती हिमा न्यैपानेले बताईन् ।
उनले एजेन्सी म्यानेजर लगायत सम्पुर्ण कर्मचारीहरुलाई धन्यवाद समेत व्यक्त गेकी छन् ।कार्यक्रममा बोल्दै आईएमई लाईफ इन्स्योरेन्स कम्पनीका कर्णाली प्रदेश प्रमुख प्रेम तिमिल्सिना ले कम्पनीका सबै काम डिजिटल माध्यमबाट हुने कुरा जानकारी गराए । उनले आउदो दिनमा अनलाईनको माध्यमबाट विमा दावीकर्ता आफै घरैबाट भुक्तानी लिने सक्ने गरी कम्पनी लागिपरेको बताए ।
कार्यक्रममा बोल्दै एजेन्सी म्यानेजर देबेन्द्र पौडेलले विमा बचत र सुरक्षा मात्र नभइ कम्पनीप्रतिको बिश्वास बढ्दै गएको बताए । आफुहरु उक्त बिश्वासलाई थप मजबुत गराउन सफल भएको समेत उनले जिकिर गरे । कार्यक्रममा कोहलपुर शाखाका सबै कर्मचारी र एजेन्सी म्यानेजर पौडेल, खुम डाङ्गी र तेज बहादुर अधिकारिको उपस्थिती रहेको थियो ।
नेपालीरैबार । २०७८ असार ८, मंगलवार