सुर्खेत । जिल्लाको भेरीगंगा नगरपालिकाले आर्थिक वर्ष २०७८(०७९ का लागि ५९ करोड बढीको बजेट ल्याएको छ । विहिबार नगरपालिको नवौँ नगरसभामा नगर प्रमुख भुपेन्द्रबहादुर चन्दले उक्त बजेट प्रस्तुत गरेका हुन ।
विहिबार नगर सभामा प्रस्तुत भएको नीति तथा कार्यक्रममा वडा नम्वर १ र २ लाई केरा खेतीको पकेट क्षेत्रको रुपमा विकास गर्ने, त्यस्तै वडा नम्वर १,२,३,४,५,६ र ७ लाई बाख्रा पालनको विषेश पकेट क्षेत्रको रुपमा विकास गर्ने, वडा नम्वर ४,८,९,१०,११,१२ र १३ लाई दुधको पकेट क्षेत्रको रुपमा विकास गरिने उल्लेख छ ।
खानेपानीका परम्परागत श्रोतहरुको संरक्षण गर्दै उक्त श्रोतमा आधारीत खानेपानी आयोजनाहरु निर्माणका लागि तत्काल सम्भाव्यता अध्ययनको काम अगाडी बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै पत्रकारिता क्षेत्रको विकासका लागि नेपाल पत्रकार महासंघ सुर्खेतसँग सहकार्य गरी पत्रकार अक्षयकोषको स्थापना गर्ने लगाएतका कार्यक्रम नगरसभामा पेश गरिएको छ ।
नेपालीरैबार । २०७८ असार १०, बिहीबार