शीर्ष स्थानमा रहेको बेल्जियम इटालीसँग स्तब्ध

काठमाडौं । फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमलाई हराउँदै इटाली जारी युरोकपको सेमिफाइनल प्रवेश गरेको छ। शनिबार बिहान सकिएको खेलमा इटालीले २-१ को जित निकाल्यो।

निकै प्रतिस्पर्धात्मक खेलको सबै गोल पहिलो हाफमा भएको थियो। खेलको ३१ औं मिनेटमा इटालीका निकोलस बरेलाले गोल गर्दै अग्रता दिलाएका थिए। त्यस्तै ४४ मिनेटमा लोरेन्सो इन्सेनेले दोस्रो गोल गरे। ​रोमेलु लुकाकुले पेनाल्टीमार्फत गोल गर्दै बेल्जियमलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो सफल हुन सकेन।

आजै भएको अघिल्लो खेलमा स्विटजरल्याण्डलाई टाइब्रेकरमा हराउँदै स्पेनले सेमिफाइनलमा स्थान बनाएको छ। अब इटालीले सेमिफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।

तपाईको प्रतिक्रिया