थप १६ सय ३ मा संक्रमण पुष्टि, २७ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो समय थप एक हजार ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले २४ घण्टामा ८ हजार एक सय ३२ जनामा कोरोना परीक्षण गरेको जानकारी दिए।

कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ भने दुई हजार पाँच सय ५२ जना कोरोनामुक्त भएको उनले बताए।

काठमाडौं उपत्यकामा तीन सय ४२ ललितपुरमा ८८ र भक्तपुरमा ३१ गरी कुल काठमाडौं उपत्यकाभित्र चार सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया