समन्वय उपप्रमुख भट्टराईको मनकारी काम, पालिकामा स्वास्थ्य सामाग्री प्रदान

सुर्खेत । जिल्ला समन्वय समितिलाई सरकारले तलबको सुविधा बाहेक अन्य सूविधा केहि नदिएको भएपनि कोरोना महामारीको समयमा जिल्ला समन्वय समितिले भने मनकारी मन कोभिडको समयमा देखाएको छ । समन्वय उपप्रमुख देवि भट्टराईको नेतृत्वमा गएको टोलीले उक्त सामाग्री हस्तान्तरण गरेको हो ।
उनका अनुसार पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका, चिङ्गाड गाउँपालिका र लेकवेशी नगरपालिकामा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी छिन् । उनले गाउँपालिकामा चालीस हजारका दरमा तथा नगरपालिकामा पचास हजार रुपैंयाका मास्क, स्यानिटाईजर हस्तान्तरण गरेकी हुन ।
‘हामीसम्ग अन्य आयश्रोत केहि भएन । तलब भत्ताबाट जोगिएको रकम बराबरको हामीले यो सामाग्री खरिद गरी हस्तान्तरण गरेका हौं । उनले भनिन्, ‘यो तीन पालिकामा हामीले गरेको सानो सहयोगले पनि त्यहाँका नागरिकलाई सजिलै स्वास्थ्यकर्मीले सहयोग गर्न सकुन भन्ने चाहनाबाट प्रेरित भएर गरेका हौं ।’
उनले हस्तान्तरण गर्न आफै गएको स्मरण गर्दै सानो सहयोग भएपनि सबैले धन्यवाद दिएको बताईन ।
यता, सिम्ताका स्वास्थ्यकर्मीले उपप्रमुखसँग खुशी साटेका छन् । ‘तपाईको जसरी सिधै हामीकहाँ सामाग्री लिएर आउनेको संख्या कम छ । तपाई जस्तो मनकारी नेतालाई धन्यवाद छ ।’ स्वास्थ्यकर्मीहरुको भनाई उदृत गर्दै उनले भनिन्, ‘उहाँहरुले म प्रति गरेको सम्मान मैले कहिल्यै भुल्ने छैन ।’

तपाईको प्रतिक्रिया