फेरी संक्रमण दर उकालो लाग्यो : एकैदिन २९ सय ३६ संक्रमित भेटिए, ४३ को मृत्यु

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप दुई हजार ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

१४ हजार एक सय ८२ जनामा कोरोना परीक्षण गरिएको थियो। त्यस्तै,कोरोना संक्रमणबाट ४३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ९ हजार पाँच सय ६ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

एक हजार ७ सय ७५ जना भने कोरोनामुक्त भएका छन्। काठमाडौं उपत्यकाभित्र थप पाँच सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा तीन सय ४३,भक्तपुरमा ६२ र ललितपुरमा एक सय ३६ जना संक्रमित व्यक्ति भेटिएका छन्।

आइतबार १८ सय ३१, सोमबार २३ सय ७०, मंगलबार २३ सय ९८, बुधबार २९ सय ५ र बिहीबार २६ सय ७६ जनामा संक्रमण पुष्टि भएको थियो।

तपाईको प्रतिक्रिया