देउवालाई विश्वासको मत दिनुअघि राजीनामा बुझाएर बाहिरिए भिम रावल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुअघि संसद सदस्यबाट राजीनामा दिने घोषणा गरेका नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले राजीनामा बुझाएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा पुगेर उनले सभामुख अग्निप्रसाद सापकोटासमक्ष राजीनामा पत्र बुझाएका हुन् । राजीनामा नदिन एमालेकै नेता सुरेन्द्र पाण्डेले रोक्ने प्रयास गरेका थिए ।

तर, उनले पाण्डेको आग्रहलाई पनि मानेनन् । ‘प्लीज मलाई नरोक्नु है मलाई पत्रकारहरूसँग कुरा गर्न दिनुस्,’ रावलले राजीनामा पत्र बुझाउन जाँदै गर्दा भनेका थिए ।

तपाईको प्रतिक्रिया