काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले प्रधानमन्त्री देउवालई श्री पाँच (राजा) ले न्याय दिएको र अहिले श्रीमान् ५ (पाँच न्यायाधीश) ले न्याय दिएर प्रधानमन्त्री बनेको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रयोजनसम्बन्धी छलफलमा नेकपा (एमाले) को प्रतिनिधित्व गर्दै ज्ञवालीले देउवा तीन-तीन पटक नेपाली कांग्रेसभित्रको विभाजनको शिकार भएको स्मरण गरे । ‘तीन(तीन चोटी दलीय विभाजनको शिकार भएका देउवा आज धारा ५ को अपव्याख्याको सहारा लिएर प्रधानमन्त्री बन्दै हुनुहुन्छ,’ उनले भने, ‘इतिहास दुई चोटी दोहोरिन्छ भनिन्छ । उहाँ आफैं दलीय विजभानको शिकार हुनुहुन्थ्यो ।’
उनले गृहमन्त्री हुँदा र दुई पटक प्रधानमन्त्री हुँदा नेपाली कांग्रेसभित्रको विभाजनको शिकार भएको भन्दै देउवा अरुको पार्टी विभाजन गरेर प्रधानमन्त्री बन्न लागेको आरोप लगाए । ज्ञवालीले दलीय प्रणाली कमजोर हुने दावी गरे ।

नेपालीरैबार । २०७८ श्रावण ३, आईतवार