
सुर्खेतसँगै कर्णाली प्रदेशमा अपराधिक घटना बढ्दै गएका छन् । पछिल्ला केही वर्ष यता बढ्दो सहरीकरण, गरिबि र बेरोजगारी समस्या तथा दुव्र्यशनीका कारण अपराधिक घटना हुने गरेको पाइन्छ । तथ्यांक अनुसार सुर्खेत जिल्लामा चार वर्षमा मात्रै दुई हजार तीन सय ३४ वटा अपराधका घटना घटेका छन् ।
तथ्यांकलाई हेर्दा हरेक वर्ष अपराधिक घटना बढ्दै गएका छन् । तर घटना नियन्त्रणमा भने उत्तिकै चुनौती छ । अपराधिक घटना न्यूनिकरणका लागि प्रहरी तथा विभिन्न संघसंस्थाले समेत जनचेतनामुक कार्यक्रम गर्दे आएका छन् । तर अप्ठ्यारो भौगोलिक परिस्थीति, आवश्यक जनशक्ति तथा उपकरण अभाव र मान्छेको चेतनास्तर परिवर्तन नहुनुले अँझै समाजमा घट्ने कतिपय घटना गुपचुपमै लुकाइन्छ । समाजमा अपराधिक घटना दिनहुँ बढ्दै गएपनि सबै घटना तथ्यांकमा आउँदैनन् । भने राजनैतिक दवाब तथा आर्थिक प्रलोभनका कारण कतिपय अपराधिक घटना गाउँमै मिलाइन्छ । जसले गर्दा पीडित पक्ष झन् पीडित बन्नुपरेको उदाहरण धेरै भेटिन्छन् । यस्ता घटनाले समाजमा समेत द्धोन्द्ध सृर्जना हुदै गएको छ । भने आम नागरिक त्रसित बन्दै गएका छन् ।
सुर्खेतमा मात्रै आर्थिक वर्ष २०७४÷०७५ देखि २०७७÷०७८ को हालसम्म विभिन्न प्रकारका दुई हजार तीन सय ३४ वटा अपराधका घटना घटेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सार्जजनिक गरेको एक तथ्यांक अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा जम्मा चार सय ९६, आर्थिक वर्ष २०७५÷०७६ मा ६ सय ९६, आर्थिक वर्ष २०७६÷०७७ मा ६ सय ६२ र आर्थिक वर्ष २०७७÷०७८ को हालसम्म पाँच सय २० वटा विभिन्न अपराधिक घटना घटेका छन् । जसमा सबैभन्दा धेरै सामाजिक अपराध सम्बन्धिका घटना बढी छन् । तथ्यांक अनुसार आर्थिक वर्ष २०७४÷०७५ देखि २०७७÷०७८ को हालसम्म सामाजिक अपराध सम्बन्धि पाँच सय २२, महिला तथा बालबालिका सम्बन्धि चार सय १५, ज्यान सम्बन्धि तीन सय ५७, चोरी सम्बन्धि एक सय ११, संगठिक तथा आर्थिक अपराध सम्बन्धि तीन सय १४, सवारी सम्बन्धि एक सय ३८ र अन्य ४३ गरी दुई हजार तीन सय ३४ वटा अपराधका घटना घटेका हुन् । आर्थिक वर्ष २०७४÷०७५ देखि २०७७÷०७८ को हालसम्म सुर्खेतमा आत्महत्याका मात्रै चार सय ३३ वटा घटना घटेका छन् । यो तथ्यांकलाई हेर्दा आत्महत्या गर्नेको संख्या डरलाग्दो स्थितीमा छ । अन्य प्राकृतिक प्रकोप भन्दा आत्महत्या गरी मर्नेको संख्या निकै धेरै छ ।
सुर्खेतसागै कर्णाली प्रदेशमा बढ्दै गरेका अपराधिक घटनालाई मध्येनजर गरी घटना विरुद्ध प्रहरी कडा रुपमा प्रस्तुत हुन आवश्यक छ । घटना न्यूनिकरणका लागि प्रहरीले आवश्यक खोजअनुसन्धान तथा सचेतना फैलाउनेदेखि सबै सुत्र प्रयोग गर्न जरुरी छ । कर्णालीमा तस्करी, लागूऔषध र यौन धन्दा विरद्ध प्रहरी थप कडा रुपमा प्रस्तुत हुनुपर्ने देखिन्छ । कर्णालीमा पछिल्लो समय तस्करी, लागूऔषध र यौन धन्दा जस्ता अपराधिक गतिविधि बढ्दै गएका छन् । त्यसविरद्ध प्रहरी कडा रुपमा प्रस्तुत भई कानुन कार्यान्वयनमा चनाखो बन्न आवश्यक छ । अपराधिक घटना न्यूनिकरण र कानुन कार्यान्वयनमा प्रहरीले कुनै कम्प्रोमाइज नगर्ने र स्थानीय नागरिकले समेत प्रहरीलाई साथ दिनेहो भने कुनै पनि अपराधि सजिलै उम्कन पाउने स्थिती हुदैन । अपराधिक घटनामा जानेबुझेकैहरु टुलुटुलु हेरेर बस्न भएन । कानुन कार्यान्वयनमा जोड दिदै अपराधिलाई तत्काल कारबाही गरेर देखाउने हो भने अपराध गर्न खोज्नेहरु पनि परास्त हुनेमा कुनै शंका छैन । अब नेपाल प्रहरीको कार्ययोजना अनुसार प्रहरी अघि बढेर नागरिकको सहयोग लिदैं अपराध नियन्त्रणमा चनाखो बन्न जरुरी छ । सुर्खेतसँगै कर्णाली प्रदेशमा बढ्दै गरेका तस्करी, जुवातास र लागूऔषध सेवन, होटलहरुमा हुने यौन धन्दा लगाएतका अपराधिक घटना न्यूनिकरण र रोकथाममा कुनै कसुर बाँकी नराख्ने गरी प्रहरीले पनि ध्यान देओस् । अपराध नियन्त्रण तथा कानुन कार्यान्वयनमा कसैको दबाब र प्रभावमा नपरी प्रहरीले काम गर्नुपर्ने देखिन्छ । भने सरोकारवाला निकायले पनि प्रहरीलाई आआफ्नो क्षेत्रबाट सहयोग गरौं । र आफ्नो समाज शान्त र भयरहित बनाऔं ।

नेपालीरैबार । २०७८ श्रावण ५, मंगलवार