काठमाडौं । बाणिज्य बैंकहरुले साउन १ गतेदेखि लागू हुने गरेर कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार धेरै बैंकले आधार दर घटाएका छन् । आधार दरका अनुसार बैंकहरुले कर्जा प्रवाह गर्ने भएकाले पनि धेरै बैंकको कर्जाको ब्याजदर घटेको हो ।
नेपाल बैंकर्स एसोसियसनका उपाध्यक्ष तथा कृषि विकास बैंकका सिइओ अनिल कुमार उपाध्यायले बैंकमा तरलता अधिक रहेकाले अझै ब्याजदर घट्ने बताए । उनका अनुसार यो वर्ष निक्षेपमा १ प्रतिशत र कर्जामा झण्ढै डेढ प्रतिशत ब्याजदर घटेको छ ।
हाल बैंक तथा वित्तिय संस्थामा ४७ खर्ब १२ अर्ब निक्षेप संकलन भएको छ भने ४१ खर्ब ५६ अर्ब कर्जा प्रवाह भएको छ । यसमा बाणिज्य बैंकको हिस्सा बढी छ । बाणिज्य बैंकहरुको मात्रै ४१ ख्र्ब ८१ अर्ब रुपैयाँ निक्षेप रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै बाणिज्य बैंकहरुको मात्र ३७ खर्ब ५ अर्ब रहेको छ ।
बैंकहरुको नयाँ ब्याजदर
नबिल बैंक
नबिल बैंकले बचतमा न्यूनतम १.५१५ देखि अधिकतम ३।५१५ सम्म ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिमा अधिकतम ६.५१५ ब्याज दिने भनेको छ । ३ महिनाको मुद्दतीको ब्याजदर ५।०१५ निर्धारण गरेको छ । यता, बैंकको जेठ मसान्तसम्म बेस रेट ५.७१५ छ । यसमा ७५ सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ । स्थिर ब्याजमा घर कर्जाको लागि बैंकले न्यूनतम ८.४९५ देखि ११.५०५ सम्म ब्याजदरमा कर्जा दिने बताएको छ ।
नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले बचतको ब्याज ३.०१५ तोकेको छ भने व्यक्तिगत मुद्दतीको अधिकतम ८५ निर्धारण गरेको छ । यता, बैंकको जेठ मसान्तसम्मको बेस रेट ७.३८५ छ । यसमा न्यूनतम १.५०५ देखि अधिकतम ५५ सम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने बैंकले जनाएको छ ।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले साउन १ गतेदेखि लागू हुने गरेर नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जस अनुसार मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.५०५ देखि ७.२५५ र संस्थागत मुद्दती निक्षेपमा ५५ देखि ६.५०५ सम्म ब्याजदर हुनेछ । त्यसैगरी, बैंकले बचत खातातर्फ न्यूनतम ३५ देखि ५५ सम्म ब्याजदर तोकेको छ । यस बैंकले चैत महिनाको आधार दर ५.५०५ अनुसार कर्जाको ब्याजदर निर्धारण गरेको छ । बैंकले यसमा १५ देखि ३५ सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने जनाएको छ । स्थिर कर्जाको लागि ९५ देखि ११५ सम्म ब्याजदर निर्धारण गरेको छ ।
सेञ्चुरी कमर्सियल बैंक
सेञ्चुरी कमर्सियल बैंकले बचतको न्यूनतम ब्याज ३५ र अधिकतम ५५ राखेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ८५ कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतीको ब्याजदर हो । यता, बैंकको जेठ मसान्तसम्मको आधार दर ७.३८५ रहेको छ । यसमा ६५ सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिइने बैंकको भनाई छ । स्थिर कर्जाको लागि ११.४९५ देखि १२.९९५ ब्याज दर निर्धारण गरेको जनाएको छ ।
एनएमबि बैंक
एनएमबि बैंकले बचतको न्यूनतम ब्याजदर २.५०५ र अधिकतम ४।५०५ तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७.५०५ र न्यूनतम ६.५०५ निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७.१९५ रहेको छ । यसमा अधिकतम ५५ सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाइ छ ।
एनआइसी एसिया बैंक
साउन १ गतेबाट लागू हुने गरेर एनआइसी एसिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतको ब्याजदर २.५६५ कायम गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दती निक्षेपमा ७.५६५ सम्म ब्याज पाइनेछ । बैंकको जेठ मसान्तसम्मको आधार दर ६.७४५ छ । यसमा ६५ सम्म प्रिमियम थप गरेर ऋण दिने बैंकले जनाएको छ ।
एभरेष्ट बैंक
एभरेष्ट बैंकले बचतको न्यूनतम ब्याज २.५०५ देखि अधिकतम ४५ सम्म तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७५ र न्यूनतम ६५ तोकेको छ । जेठ मसान्तसम्म बैंकको आधार दर ५.८९५ छ । यसमा अधिकतम ५५ सम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ ।
कुमारी बैंक
कुमारी बैंकले बचत खातामा न्यूनतम २५ देखि अधिकतम ४५ ब्याजदर तोकेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६५ देखि ७.६५५ सम्म ब्याजदर तोकेको छ । त्यसैगरी कर्जातर्फ विभिन्न प्रकारको लोनमा आधार दरमा अधिकतम ७५ सम्म प्रिमियम तोकेको छ । बैंकको जेठ महिनामा आधार दर ७.४०५ छ । बैंकले न्यूनतम १०.५०५ देखि अधिकतम ११५ सम्ममा स्थिर कर्जा दिने जनाएको छ ।
मेगा बैंक
मेगा बैंकले बचत खातामा न्यूनतम २.२५५ देखि अधिकतम ३.५०५ ब्याजदर तोकेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ७.२५५ सम्म ब्याजदर तोकेको छ । त्यसैगरी कर्जातर्फ विभिन्न प्रकारको लोनमा आधार दरमा अधिकतम ७५ सम्म प्रिमियम तोकेको छ । बैंकको जेठ महिनामा आधार दर ७.०१५ छ ।
हिमालयन बैंक
हिमालयन बैंकले बचतको न्यूनतम ब्याजदर २५ र अधिकतम ४५ तोकेको छ । व्यक्तिगत मुद्दतीको न्यूनतम ब्याजदर ५५ र अधिकतम ब्याजदर ७५ निर्धारण गरेको छ । बैंकको चैत मसान्तसम्मको अधारदर ६.७५५ रहेको छ । यसमा अधिकतम ५५ सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ ।
कृषि विकास बैंक
कृषि विकास बैंकले बचतको न्यूनतम ब्याज ३.५०५ देखि अधिकतम ५५ सम्म ब्याजदर कायम गरेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७.५०५ तोकेको छ । चैत मसान्तसम्म बैंकको आधार दर ७.४८५ छ । यसमा २५ देखि ५५ सम्म प्रिमियम थप गरेर कर्जा दिन्छ ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले बचतको न्यूनतम ब्याज २.०५५ देखि अधिकतम ४५ सम्म निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतीको ब्याज ७.०५५ निर्धारण गरेको छ । चैत मसान्तसम्म बैंकको आधारदर ७.०९५ छ । यसमा बैंकले ७५ सम्म प्रिमियम थप गरेर कर्जा दिने बैंकले जनाएको छ । बैंकले स्थिर ब्याजदरको लागि न्यूनतम ९.८९५ देखि अधिकतम १२.२४५ ब्याजदर निर्धारण गरेको छ ।
सनराइज बैंक
सनराइज बैंकले बचतमा न्यूनतम २.५७५ देखि अधिकतम ४५ सम्म ब्याज दिने भएको छ । यता, मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७.५०५ ब्याज निर्धारण गरेको छ । जेठ मसान्तसम्मको बैंकको आधार दर ६.७२५ रहेको छ । यसमा ६५ सम्म प्रिमियम थप गरेर बैंकले कर्जा प्रवाह गर्ने जनाएको छ । बैंकले स्थिर ब्याजदरको लागि न्यूनतम १०.५०५ देखि अधिकतम १३.५०५ सम्म ब्याजदर निर्धारण गरेको छ ।
नेपाल बैंक
नेपाल बैंकले बचतको न्यूनतम ब्याज २.५०५ देखि अधिकतम ४५ सम्म ब्याजदर कायम गरेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७५ तोकेको छ । चैत मसान्तसम्म बैंकको आधार दर ५।९८५ छ । यसमा १.५०५ देखि ५५ सम्म प्रिमियम थप गरेर कर्जा दिन्छ । यता, स्थिर ब्याजको न्यूनतम ब्याजदर ९.३५५ देखि १३.९३५ सम्म छ ।
प्रभु बैंक
प्रभु बैंकले बचत खातामा न्यूनतम २५ देखि अधिकतम ४५ सम्म ब्याजदर तोकेको छ । मुद्दती निक्षेपमा व्यक्तिगततर्फ न्युनतम ६.५०५ र अधिकतम ७५ सम्म ब्याजदर दिन्छ । बैंकको जेठसम्मको आधार दर ७.०६५ छ । यसमा ५५ सम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ । स्थिर ब्याजदरको लागि न्युनतम ९.९९५ देखि अधिकतम ११.९९५ सम्म ब्याजदर निर्धारण गरेको छ ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतमा न्यूनतम २.५५ देखि अधिकतम ४५ सम्म ब्याजदर दिने उल्लेख गरेको छ । बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम अधिकतम ७५ सम्म ब्याजदर दिने भएको छ । यता, यसको जेठ महिनामा आधार दर ६.६९५ छ । बैंकले विभिन्न प्रकारका ऋण दिँदा आधार दरमा ५५ सम्म प्रिमियम थप गर्ने जनाएको छ । स्थिर ब्याजदरको लागि बैंकले न्यूनतम ८.४९५ देखि अधिकतम ११.४९५ सम्म ब्याजदर निर्धारण गरेको छ ।
प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले बचतको न्यूनतम ब्याजदर २.७६५ र अधिकतम ४.५०५ तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७.७६५ र न्यूनतम ७.५०५ निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७।१४५ रहेको छ । यसमा अधिकतम ६.९९५ सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाइ छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम १०५ देखि अधिकतम ११५ सम्म ब्याजदर निर्धारण गरेको छ ।
एनसीसी बैंक
एनसीसी बैंकले बचतको न्यूनतम ब्याजदर ३५ र अधिकतम ५५ तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ८५ र न्यूनतम ७५ निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७.४१५ रहेको छ । यसमा अधिकतम ५५ सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.२५५ देखि अधिकतम ११५ सम्म ब्याजदर निर्धारण गरेको छ ।
बैंक आफ काठमाण्डू
बैंक आफ काठमान्डूले बचतको न्यूनतम ब्याज २.५०५ र अधिकतम ४५ राखेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७५ कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतीको ब्याजदर हो । यता, बैंकको जेठ मसान्तसम्मको आधार दर ६.५६५ रहेको छ । यसमा ५५ सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिइने बैंकको भनाइ छ ।
नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकले बचतको न्यूनतम ब्याजदर २.५०५ तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७.५०५ र न्यूनतम ७.२५५ निर्धारण गरेको छ । बैंकको चैत मसान्तसम्मको आधारदर ९.८९५ छ । यसमा अधिकतम ५५ सम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण गर्ने बैंकले जनाएको छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.९९५ देखि अधिकतम १२.९९५ सम्म ब्याजदर निर्धारण गरेको छ ।
ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले बचतमा न्यूनतम २५ देखि अधिकतम ४५ ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिमा अधिकतम ७.०१५ ब्याज निर्धारण गरेको छ । यो ब्याज १ वर्षमाथिको मुद्दतीका लागि हो । बैंकको चैत मसान्तसम्मको आधार दर ६.४०५ छ । यसमा ६५ सम्म प्रिमियम थप गरेर कर्जा दिने बैंकले जनाएको छ । स्थिर कर्जाको लागि बैंकले ९.९९५ देखि १०.९९५ सम्म ब्याजदर निर्धारण गरेको छ ।
लक्ष्मी बैंक
लक्ष्मी बैंकले बचत खातामा न्यूनतम २.५५ देखि अधिकतम ४.५५ सम्म ब्याजदर तोकेको छ । मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ३ महिनाका लागि ७ ५ देखि ६ महिनाभन्दा बढीको हकमा ७.५५ ब्याज दिनेछ । बैंकको जेठसम्मको आधार दर ८.९५ छ । यसमा ५५ सम्म प्रिमियम थप गरेर बैंकले लोन दिन्छ ।
सिटिजन्स बैंक
सिटिजन्स बैंकले बचतको न्यूनतम ब्याज ३.१५५ र अधिकतम ५।१५५ राखेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७.६५५ कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतीको ब्याजदर हो । यता, बैंकको जेठ मसान्तसम्मको आधार दर ७.५१५ रहेको छ । यसमा ५५ सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिइने बैंकको भनाई छ । स्थिर कर्जाको लागि १०.५०५ देखि १३५ ब्याज दर निर्धारण गरेको जनाएको छ ।
नेपालीरैबार । २०७८ श्रावण ७, बिहीबार