बजेट दुरुपयोग गरेको आरोप :

उपाध्यक्षका श्रीमान भन्छन्, ‘गलत छैन, व्यक्तिगत रिसीवीले २-४ जना भुकेका मात्रै हुन्’

सुर्खेत । जुम्लाको तातोपानी गाउँपालिकाका उपाध्यक्ष गंगादेवी उपाध्यायका श्रीमान लक्ष्मीप्रसाद उपाध्यायले आफुमाथि लागेको आरोपबारे बोल्दै व्यक्तिगत रिसीवी लिएर २÷४ जना भुक्दैमा आफु र आफ्नो काममा कुनै असर नपर्ने बताएका छन् ।

आफु सहि बाटोमा हिड्दा हिड्दै बबण्डर मच्चाएर चरित्र हत्या गर्ने गरी आफुमाथि गलत आरोप लगाएको उनको दावी छ । माओबादी नेता समेत रहेका उनले केही व्यक्तिहरुले व्यक्रिगत रिसीवीका कारण आफ्नो बदनाम गर्ने प्रयास मात्रै गरेको बताए ।

उनको नेतृत्वमा सरकारी बजेटले निजी जग्गामा कोल्डस्टोर निर्माण र स्याउ बगैंचा घेरबार गरेको भन्दै समाचार बाहिरीएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘उपाध्यक्षका श्रीमानले नै गरे सरकारी बजेट दुरुपयोग, निजी बगैंचा घेरवारदेखि कोल्डस्टोर निर्माणसम्म’ भन्ने शिर्षकको समाचार नेपाली रैबारमा समेत प्रकाशन भएपछि रैबारसँग कुरा गर्दै उनले आफुमाथि लगाएको आरोप निराधार भएको दावी गरे । सरकारी बजेटको दुरुपयोग हुने गरी आफुले कुनै काम नगरेको उनको भनाइ छ ।

तर सरकारी बजेटले निजी जग्गामा कोल्डस्टोर निर्माण र स्याउ बगैंचा घेरबार गरेको भन्दै स्थानीयले विरोध जनाएका थिए । विरोध जनाउँदै गाउँ तातोपानी ४ गौतमबाडाका केही स्थानीयले लक्ष्मीप्रसादमाथि हातपात समेत गरेका थिए ।

यो पनि : उपाध्यक्षका श्रीमानले नै गरे सरकारी बजेट दुरुपयोग, निजी बगैंचा घेरवारदेखि कोल्डस्टोर निर्माणसम्म

उनका अनुसार बाहिरीएको हल्ला जस्तो नभई प्रतिनिधिसभाको संसद् विकास कोषको १५ लाख रकमबाट चौर नमुना समुदायिक कृर्षि सहकारी संस्था मार्फत कोल्डस्टोर निमार्ण गरिएको हो । सरकारी जग्गामा कोल्डस्टोर निर्माण गर्नका लागि उच्च स्तरीय सरकारी बैठकबाटै अनुमती लिने व्यवस्था भएकाले सहकारी संस्थालाई आफ्नो जग्गामा कोल्डस्टोर निर्माण गर्ने मञ्जुरीनामा दिएको भन्दै उनले मञ्जुरीनामा समेत सार्वजनिक गरेका छन् ।

‘प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतको संसद बिकास कोषको एक करोड ३३ लाख रकमबाट कृषि जन्य उत्पादन र स्याउ उत्पादन बृद्वि गर्ने हिसाबले सबैप्रक्रिया पुरा गरी तातोपानी २ र ४ को भुगोल डागिँबाडा र गौतमबाडा बिचको भुगोललाई छनौट गरी बगैंचा घेरवारदेखि कोल्डस्टोर निर्माणको काम भएको हो’ उनले भने, ‘विरोध गर्नेहरु फरक पाटी पक्षका हुन् । उनीहरुलाई यो योजनामा संलग्न हुन बारम्बार अनुरोध गरियो । तर सुरुदेखि विरोध गर्दै आएका थिए । अहिले राम्रो काम देखेपछि जलेरबदनाम गर्ने चेष्टा गरेका हुन् । विरोध गर्दैमा काम गलत नै भएको छ भन्न मिल्दैन । कुनै आशंका भए जोसुकैले सबै प्रक्रियागत काम हेर्नसक्नेछन् ।’ उनले थपे, ‘गलत गरेका छैनौं, व्यक्तिगत रिसीवीले २÷४ जना भुकेका हुन्, केही हुदैन ।’

हाल कुनै पक्ष विपक्ष नगरी सबैको स्याउ बगैंचा सुरक्षित हुने गरी ४ किलोमिटर घेरावार गरिएको छ । जसका लागि ४ वटा समिति गठन गरिएका थिए । जसमा धन बहादुर बुढाको अध्यक्षतामा घेरावार, बिण्णबहादुर अधिकारिको अध्यक्षतामा लिप्ट सिँचाइ, टेकबहादुर रावतको अध्यक्षतामा ट्याङ्की निर्माण र लक्ष्मीप्रसाद उपाध्यायको अध्यक्षतामा कोल्डस्टोर निर्माण उपभोत्ता समिति गठन गरिएको थियो । प्रत्येक गाउँको एकजना रहनेगरी सात गाउँबाट ७ सदस्यीय समिति गठन गरिएको छ । यता केही स्थानीयले रकम दुरुपयोग गरेको भन्दै गाउँपालिकाको कार्यालयमा निवेदन दर्ता गरेका छन् ।

  • बिवादको जड :
  • उपाध्यक्षका श्रीमानमाथि आरोप लगाउने हिमालय खत्री लगाएत उनको नजिकका सन्तानहरुले व्यतिगत रिसीवी प्रकट गरी विगत ३, ४ बर्षदेखि सामाजिक चलन विपरीत लक्ष्मीप्रसादको खेतमा नहरको पानी हाल्न नदिएको र सो बिषयमा लक्ष्मीप्रसादले जिल्ला अदालत जुम्लामा मुद्दा दिएको । हालसम्म उक्त खेत बाँझै रहेको । र यही रिसीवी साट्न आरोप प्रत्यारोपसहित मनमुटाप जारी रहेको ।
  • स्वर्गीय जनकबहादुर खत्रीले सानो दर्तावाल जग्गा देखाएर पुरै यरीयाको सार्वजनिक जमिन खनेर फारम बनाएपछि उनकै नजिकका सन्तान शिवलाल खत्रीले रडिखेल्लाको ठुलो सार्वजनिक जग्गा खनेजोत गरेपछि क्रमश जग्गा अतिक्रमण बढेको । र यस बिषयमा सुरुदेखि लक्ष्मीप्रसाद पक्षले सार्वजनिक जग्गा अतिक्रमण गर्न पाइदैन भन्दै विरोध गरिरहेको ।
  • र लक्ष्मीप्रसादले हिमालय खत्री पक्षका व्यक्तिहरुले गाउँको महादेउरा चौरमा बनाउन लागेको बन कार्यालयको लगानिको भवन प्रक्रिया नपुरर्याइ बनाएकोप्रति आपत्ती जनाएको लगाएतका व्यक्तिगत मनमुटावका कारण बिवाद चुलिदै गएको ।

यता तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु धितालले रकम दुरुपयोग भयो भनेर निवेदन आएपनि कार्यव्यस्थताले छलफल गर्न नपाएको बताएका छन् । गाउँपालिका इन्जिनियर डिल्लीबहादुर बुढाका अनुसार योजना अनुगमनपछि रकम शुक्तानी प्रक्रिया अघि बढेको छ । तातोपानी गाउँपालिकाकी उपाध्यक्ष गंगादेवी उपाध्यायले सरकारी बजेटको दुरुपयोग भएको प्रमाण भए कानुनी प्रक्रियामा जान अनुरोध गर्दै आफ्ना श्रीमानमाथि लगाएको आरोप झुटो भएको बताइन् । प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले ५÷६ वटा गाउँको समिति बनाएको र गाउँपालिकाको जिम्मामा काम भइरहेको बताए । नागरिकको माग र आवश्यकता अनुसार योजना छनोटगरी गाउँपालिकाले हेर्ने गरी बजेट पठाइएको उनको भनाइ छ ।

यस्तो छ लक्ष्मीप्रसाद उपाध्यायले फेशबुकमा लेखेको स्टाटस : 


खासगरि अहिले मेरा बिरुद्ध मेराे दुश्मन हिमालय खत्रि र उसकाे परिवारले ब्यक्तिगत रिसिभिकाे अाधारमा विभिन्न लाल्छाना र अाराेप लगाउने मान्छे भडकायर झैझगडाकाे नेतृत्व गर्ने काम गरि रहेकाे छ ।प्रतिनिधि सभा सदस्य माननिय गजेन्द्र बहादुर महत कार्माकाे संसद बिकास काेषकाे एक कराेड तेतिस लाख रुपैया ( 13300000 ) कृषि जन्य उत्पादन र स्याउ उत्पादन बृद्वि गर्ने हिसाबले तातोपानी गापा वडा नं 2,4 काे भुगाेल डागिबाडा र गाैतमबाडा बिचकाे भुगाेललाई छनाैट गरि काम गर्ने कुरा माननिय ज्यु सुपर जाेन काे हाकिम साब र कृषि कार्यलयकाे हाकिम साबकाे बिचमा पनि पटक पटक छलफल गरिगयकाे थियाे । हाम्रो क्षेत्रकाे सेन्टर बाबिरामा सात गाउका समुदाय( जर्मि,बाबिरा,रावतबाडा, सुन्दर गाउँ ,डागिबाडा ,गाैतमबाडा र जैतपुरकाे )समुदायकाे माननीय ज्युकाे उपस्थितिमा पटक पटक छलफल गरि कार्य अगाडि बढाईएकाे हाे । छलफलमा बाेलाउदा माअाेबादिकाे संसदले हालेकाे पैसालाई कार्यन्वयन गर्नदिनु हुदैन भनेर विभिन्न बखेडा झिकेर मान्छे उचाल्ने काम गरियाे । त्यहि समाज ,परिवारकाे सदस्य पदम बहादुर खत्रिलाई पनि संसद काेष परिचालनकाे मुल समितिमा राखियकाे थियाे दुई पटक बैठकमा अायर।बैठक हलमा नपसि बाहरियाे ।पटक पटक खबर गरियकै थियाे। उसकाे मनसाय बबण्डर मच्चाउनु थियाे तर त्यँहा सम्भब थियन । हामिले उत्त पैसा चारवटा उपभाेक्तामा काम गर्याै 1 धेराबारमा 6300000 ,धन बहादुर बुढाकाे अध्यक्षतामा, लिप्ट 4000000 बिण्ण बहादुर अधिकारिकाे अध्यक्षतामा ट्याङ्की 1500000 टेक बहादुर रावतकाे अध्यक्षतामा र काेल्डस्टाेर 1500000 मेराे अध्यक्षतामा प्रत्येक गाउकाे एकजना रहनेगरि सात सदस्सिय समिति गठन गरियकाे हाे ।घेराबार 4 किमि गरियकाे छ काेहि अाफ्नाे र काेहि पराई गरियकाे छैन तपाईहरु काेहि कसैलाई जिज्ञाशा भय सम्भब भय अायर हेरि दिन हार्दिक अनुराेध गर्दछु हाम्रो सबै कामहरु सन्ताेष जनक छन संसद प्रतिनिधि साहसि राजकुमार शाहि सहितकाे उपस्थितिमा अनुगमन गर्दै गर्दा हिमालय खत्रिकाे नेतृत्वमा झडप गरि बहादुरिता देखाइयकाे छ ।अर्काेकुरा सार्वजनिक जग्गामा भवन लगाउदा मन्त्रालय स्तरबाटै नियर्ण गराउनु पर्ने हुदाँ ब्यक्तिगत जग्गामा सबै मापदण्ड पूरा गरि बनाइयकाे छ ।ब्यतिगत रिसिबि प्रकट गरि बिगत 3,4 बर्षदेखि मेराे खेतमा पानी हाल्न नदियर 2 मुरिकाे खेत बाझाे छ उक्त खेतकाे मुद्दा जिल्ला अदालत जुम्लामा छ उसकाे कुरा सुरा सुनेर विस्वास गर्ने मित्रले यथार्त बुझ्ने काेषिस गरि दिनु हाेला ।मैले धेरा कुरा गर्नु छ अहिले सम्म गरिन अब गर्न बाध्य भयकाे छु जनक बहादुर खत्रिले सानाे दर्तावाल जग्गा देखा सारा सार्वजनिक जमिन खनेर फारम बनाय उसकाे रिसमा शिवलाल खत्रिले रडि खेल्लाकाे ठुलाे सार्बजनिक जग्गा खने मेराे बिचारमा 2052,2053 काे कुरा हाे त्यसपछि सार्वजनिक बन सखाप हुने कुराकाे शुरुवात भयाे अहिले सार्वजनि ठाउँ अलि कति पनि खाेजेर पाइदैन कारण इनिहरुकाे नै दुनिया सबैलाई थाहा छ ।अहिले मेरा बिरुद्ध सार्बजनिक जग्गाकाे कुरा गरेका छन याे मेराे १क काे १२१ नं कित्ता ३७१० बर्गमिटर जग्गा छ चित्त नबुझे नापि मालपाेतमा हेर्न सकिन्छ बाकि 2,3 क्यारि सार्बजनिक पर्छ तर हाम्रो चलनमा तल भयकाे जग्गाले माथि भाेग चलन गर्न पाइन्छ र गरेकाे हाे सबैले प्रयाेग गरेकाे छाेडछन भने याे पनि अापत्ति छैन सहजै छाेडिन्छ । अरु कुरा यिनिहरुकाे धर्म नै मुद्दा मामिला गर्ने हाे हामिले अर्काकाे भैसिकाे फाेटा लियर पैसा निकालि खायका छैनाै तिम्रा सांसदले दियकाे पैसामा हाम्रो माअाेबादि समर्थक जनताकाे छाया पनि पर्न दियनाै ।हामिले त मापदण्डमा जसकाे पर्छ त्यसलाई लियका छाै काग्रेस ,माअाेबादि एमाले काेहि नभनि समान भाबनाले काम गरेका छाै अर्काे कुरा हाम्रो याेजनामा सात गाउँ समाबेस छ काेहि 2,4 जनाकाे जरुरि पर्दैन कानुनि प्रक्रिया अख्तियार अदालत राष्ट्रिय सर्तकता केन्द्र जहाँ जान मन छ त्यहि गय हुन्छ यसमा राेकछेक छैन तिमी तिम्रो तरिकाले हामी हाम्रो तरिकाले ?

तपाईको प्रतिक्रिया