जुम्ला । जुम्लामा आर्थिक वर्ष २०७७/०७८ को राजश्व संकलन लक्ष्य भन्दा बढी भएको छ । कोरोना कहरका बीच पनि राजश्व संकलन उत्साहजनक रुपमा भएको छ । आन्तरिक राजश्व कार्यालय जुम्लाले विभिन्न शिर्षकमा आव २०७७/०७८ मा ३२ करोड ९८ लाख ९८ हजार अर्थात १२९ प्रतिशत राजश्व संकलन गरेको हो ।
जुम्लामा लक्ष्य भन्दा ७ करोड अर्थात २९ प्रतिशत बढी राजश्व संकलन भएको छ । यो रेर्कड धेरै आर्थिक वर्षयताकै सबैभन्दा बढी राजश्व संकलन हो । आन्तरिक राजश्व कार्यालय जुम्लाका कर अधिकृत यूवराज बस्नेतले भने “आव २०७७/०७८ वार्षिक राजश्व संकलनका लक्ष्य २५ करोड ५४ लाख ४३ हजार थियो । कोरोनाले लक्ष्य नभेटिने चिन्तामा थियौ । तर तेस्रो चौमासिक यता राजश्व संकलन उल्लेखीय रुपमा बृद्धि भई लक्ष्य भन्दा २९ प्रतिशत अर्थात ७ करोड बढी राजश्व उठेको छ ।”
आन्तरिक कर परिक्षण तथा अनुसन्धानलाई बढाउँदा र करको दायरालाई विस्तार संगै गाउँगाउँमा करशिक्षा दिएकै कारण लक्ष्यभन्दा बढी राजश्व संकलन भएको कर अधिकृत बस्नेतको भनाई छ ।सरकारी ठेक्का पठ्ठाको मुल्यअभिबृद्धि कर भुक्तानी गर्दा भएको भएको मुअ कर गएको जेठ १५ सम्म ५० प्रतिशत र जेठ १५ पछि ३० प्रतिशत रकम दाखिला गर्दा राजश्व संकलन ह्वात्तै बढेको कार्यालयले जनाएको छ ।
साथै, बितेको आर्थिक वर्षमा जुम्लामा २ हजार १ सय ५१ जना करदाता थपिएका छन् । जसमा भ्याटतर्फ १ सय ८६ जना, आयकरतर्फ १८ सय ६१ ज्ना र अन्तशुल्क तर्फ २ सय ३१ गरी २ हजार १ सय ५१ ज्ना थपिएका हुन् ।
आन्तरिक राजश्व कार्यालयको तथ्यांक अनुसार हाल सम्म जुम्लामा कुल ११ हजार ८ सय ८३ जना करदाता रहेका छनु । जसमा सबैभन्दा बढी आयकरमा ११ हजार २५ जना छन् भने, भ्याटमा १ हजार २ सय ७५ र अन्तशुल्कमा ४ सय ८० जना रहेका छन् ।
नेपालीरैबार । २०७८ श्रावण १३, बुधबार