मोबाइलको कुरा गर्ने हो भने मसँग एउटा साधारण मोबाइल छ । एन्ड्रोइड सेट पनि छैन । सामाजिक सञ्जालमा पनि म कतै पनि छैन । नत्र अहिले भाइरल नै भै सक्थें होला । नत्र अहिले धेरैले बधाइ दिने र त्यसको रिप्लाइ दिंदै समय जान्थ्यो । त्यसले गर्दा मेरो जुन मेन्टालिटी छ त्यो पढाईतर्फ भएको छ ।
त्यसकारण मैले अलि थोरै पढे पनि धेरै कुरा दिमागमा हुन्छ । अनि बाँकी कुरा नभएपछि त्यतिले मलाई पुगेको छ । त्यसैले मैले राम्रो गरेको छु र राम्रो गर्दै जानेछु यस्तै रह्यो भने ।
सुरु सुरुमा चाहिँ मैले युट्युबहरुमा लेक्चर हेर्ने गरेको थिएँ । तर पछि कम रेटको भएको कारण त्यो पनि बिग्रियो । तर त्यस्ले मलाइ फरक परेको छैन । आफूले आफ्नो अवस्थालाई मेन्टेन गरेको छु र गरिनै रहने छु ।
वास्तबमा मलाई फेसबूक चलाउँ जस्तो पनि लाग्दैन । कहिले यो पनि लाग्छ कि हामी युवाको मुख्य समय बर्बाद गर्ने नै त्यही फेसबुक र टिकटक नै हो । तर त्यो हाम्रो आवस्यकता हैन । केही ज्ञान नपाइने होइन तर, समय बर्बाद गर्छ । यदि म मोबाइलमा भुल्ने टिकटकमा भुल्ने भएको भए नतिजा यस्तो नआउन पनि सक्थ्यो ।
धेरैलाई सामाजिक सञ्जालको लतबाट कसरी निस्कन सकिन्छ र भन्ने पनि होला । तर, जब सम्म यो खराब हो भन्ने लाग्दैन त्यसले हाम्रो ध्यान तानिरहेकै हुन्छ । हाम्रो दिमागबाट कुनै कुरालाई निकाल्न सकिन्न, के गर्न सकिन्छ भने अर्को कुरालाई हाल्न सकिन्छ ।
फेसबुकको प्रभाव अहिले तपाइँको दिमागमा बढी हुन सक्छ । ठिक छ तर यदि तपाईँले पढेर अलिकति राम्रो गर्नु भो भने तपार्इँले जुन प्रोत्साहन पाउनु हुनेछ त्यो प्रोत्साहनले तपाइँलाई यस्तो सघाउँछ कि त्यसपछि यो सोच्नु हुन्न कि यसरी समय खेर फालुँ । अनि तपाईँको मन पढाइमै लाग्छ
नेपालीरैबार । २०७८ श्रावण २८, बिहीबार