पाेल ढलेपछि सुर्खेतसहित सात जिल्लाकाे विद्युत अवरूद्ध

सुर्खेत । विद्युतकाे पाेल ढलेपछि सुर्खेतसहित सात जिल्लाकाे विद्युत सेवा अवरूद्ध भएकाे छ । काेहलपुर-सुर्खेत प्रशारण लाइनकाे सुर्खेतकाे भेरीगंगा नगरपालिकामा पर्ने मुरली खाेलामा पाेल ढलेपछि  विद्युत सेवा अवरूद्ध भएकाे हाे ।

फायल तस्वीर ।

अवरूद्ध विद्युत सेवा सुचारू गर्न प्राविधिकहरू मुरली खाेला पुगिसकेकाे नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतका प्रमुख टंकराज गिरीले जानकारी दिए । उनकाअनुसार पानी परेपछि जमिन गलेकाे र पाेल ढलेकाे हाे ।

ढलेकाे पाेल साेझ्याउने प्रयास भइरहेकाे छ । ‘त्यहीँ पाेल साेझ्याउने प्रयास भइरहेकाे छ सकियाे भने छिटै विद्युत सेवा सुचारू हुन्छ,’ गिरीले भने, ‘नयाँ पाेल लिएर गाड्न परे दिउँसाेसम्ममा विद्युत सुचारू हुन्छ ।’ विद्युत अवरूद्ध भएपछि सुर्खेत, जाजरकाेट, सल्यान, दैलेख, कालिकाेट र जुम्लाकाे विद्युत प्रभावित भएकाे हाे ।

तपाईको प्रतिक्रिया