कर्णाली प्रदेशमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाकाे मृत्यु

सुर्खेत । कर्णाली प्रदेशमा थप ९७ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । ११७ जनामा गरिएको आरटी–पीसिआर विधिबाट कोरोना परीक्षणका क्रममा ४९ र २७८ जनामा गरिएको एन्टिजेन विधिबाट कोरोना परीक्षणका क्रममा ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

स्वास्थ्य सेवा निर्देशनालयका अनुसार मंगलबार सबैभन्दा धेरै सुर्खेतमा २७ जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै जुम्लामा २०, रुकुमपश्चिममा २१, कालिकोटमा ११ दैलेखमा ७, सल्यान र जाजरकोटमा ३÷३,र हुम्लामा १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य निर्देशक रविन खड्काले जानकारी दिए ।

यस्तै मंगलबार ६९ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् भने सक्रिय संक्रमितको संख्या ९०५ मा उक्लिएको छ। मंगलबार प्रदेशमा जुम्लामा कोरोना संक्रमणका कारण एकजनाको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया