
बर्दिया । सदरमुकाम गुलरियामा धातुबाट निर्मित बुद्धको मूर्तिसहित प्रहरीले पाँच जानलाई नियन्त्रमा लिएको छ । विशेष सूचनाको आधारमा बर्दियाको गुलरियास्थित विजय गेस्ट हाउसमा पुरानो बहुमूल्य धातुबाट बनेको बुद्धका मूर्तिको कारोबार भैरहेको खबरका आधारमा प्रहरीले छापा हानेपछि उनीहरू पक्राउ परेका हुन् ।
बुद्धको मूर्ति किनबेचको आरोपमा बर्दिया मधुवन नगरपालिका-१ का ३४ वर्षीय उज्वल रोकाय, सोही ठाउँका वडा नं. ९ का ३४ वर्षीय अमृत राई, गुलरिया नगरपालिका-७ का ४० वर्षीय निराजन उप्रेती, ठाकुरबाबा नगरपालिका-९ का ईश्वरीप्रसाद पोख्रेल र जाजरकाेट वारेकोट नगरपालिका-२ का २९ वर्षीय मगबहादुर नेपालीलाई नियन्त्रमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।
उनकाअनुसार गेस्ट हाउसमा खानतलासी गर्दा कोठा नम्बर ३२८ मा बुद्धको मूर्तिसहित ती मानिसहरू फेला पारेका थिए । प्राप्त गरेको बुद्धको मूर्तिको तौल करिब ८ किलो र उचाइ ९ दशमलव ५ रहेको छ भने थप अनसन्धानका भैरहेको प्रहरीले जनाएको छ ।

हरिवंश पाण्डे । २०७८ भाद्र ३, बिहीबार