शहीद परिवारले नै मनाए शहीद दिवस (फोटो फिचर)

सुर्खेत । कर्णाली प्रदेश प्राप्तीमा ज्यान अर्पण गर्ने शहीदका आफन्तले शहीद दिवस मनाएका छन् । शहीद यामबहादुर विसी स्मृति ग्रन्थ विमोचन कार्यक्रमको आयोजना गरेर दिवस मनाएका हुन् । कार्यक्रममा सरकारले प्रदेश प्राप्तीमा आहुती दिएका आफ्ना सन्तानलाई प्रदेश सरकारले वास्ता गर्न छाडेकोमा चिन्ता व्यक्त गरेका छन् । सरकारले नै आयोजना गर्नु पर्ने कार्यक्रम शहीद परिवारले मनाउनु पर्दा शहीदप्रति सरकारले गम्भीर नभएको शहीद यामबहादुर विसीको बहिनी भगवती विसीले बताइन् ।

तपाईको प्रतिक्रिया