अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले देश छोड्दाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । आइतबार विद्रोही संगठन तालिवानले अफगानिस्तानको मुख्य शहर काबुल प्रवेश गरेपछि राष्ट्रपति गनीले देश छोडेका हुन् ।
भिडियोमा उनले देश छाड्दा हात हल्लाएका छन् । तालिवानले धम्की दिएपछि उनले देश छाडेको बताइएको छ । आफुले देश छाडेपछि राष्ट्रपति घानीले देशको सङ्कट सुल्झ्याउने अधिकार राजनीतिक नेताहरूलाई सुम्पिएको रोयटर्सले जनाएको छ ।
अहिले उनी अफगानिस्तानबाट ताजकिस्तान पुगेको बताइएको छ । तालिबानले अफगानिस्तानका मुख्य सहरहरू १० दिनमै नियन्त्रणमा लिएको छ । –एजेन्सीको सहयोगमा
https://twitter.com/ZabihBaloch/status/1426902659802537986?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1426902659802537986%7Ctwgr%5E%7Ctwcon%5Es1_c10&ref_url=https%3A%2F%2Fonlinemarg.com%2Fnews%2F4165
एजेन्सी । २०७८ भाद्र ६, आईतवार