अफगानि जनतालाई फन्दामा पार्न तालिवानहरुले शुरु गरे अनौठो धन्दा !

अफगानि जनताको मन जित्न तालिवानहरुले धमाधम नयाँ कार्यको थालनी गरेका छन् । अफगानिस्तान कब्जा गरेसँगै तालिबानले आफूप्रतिको आम नागरिकको नकारात्मक धारणा परिवर्तन गर्ने प्रयास गर्दै आएको छ। पछिल्लो समय तालिबानले सामाजिक संजालमा सडक निर्माण गरिरहेको तस्बिर सार्वजनिक गरेको छ।

तालिबानले अरबी भाषाको ट्वीटरमा १९ अगस्तमा एक भिडियो साझा गर्दै एक सार्वजनिक घोषणा जारी गरेको छ। ट्वीटर पोष्टमा तालिबानले ‘लोक निर्माण मन्त्रालय’ले एक कम्पनीसँग जाबुल प्रान्तको कलात र मैदान वार्दक प्रान्तको मैदान शहरको बीच सडक निर्माणका लागि सम्झौता गरेको जनाएको छ।

ट्वीटमा कम्पनीको नाम ग्लो ग्यालेक्सी कन्स्ट्रक्सन लेखिएको छ। साथै, यो परियोजना तीन महिनामा पूरा गर्ने सम्झौता गरिएको जनाएको छ। यसको एक दिनअघि एक भिडियोमा कमेन्ट गर्दै तालिबानको ट्वीटर अकाउन्टले लोक निर्माण मन्त्रालयले देश भरका सडको पुनर्निर्माणका लागि दुई गुणा प्रयास गर्ने जनाएको थियो। यसमा कन्धार र हेरातबीच तीव्र गतिकासाथ सडक निर्माण कार्य सुरु भइसकेको छ।

तालिबानले अफ्गानिस्तानको राजधानी काबुलमा १५ अगस्तका दिन कब्जा गरेको थियो। तर उसले अहिलेसम्म सरकारको घोषणा भने गरिसकेको छैन। –एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया