काठमाडौं । हरेक दिनत सफलताका लागि प्रेरणात्मक खुराकहरु पस्किदै आएको मोटिभेट न्युज डटकमले आज केही फरक स्वाद यहाँहरुको माझमा ल्याएर आएको छ । आज हामीले नेपाली समाजमा चलन चल्तीमा रहेका १०१ उखान टुक्काहरु प्रस्तुत गरेका छौं ।
पढ्नुहोस, मनपरे सेयर पनि गर्नुहोला
१) एक हातले ताली बज्दैन।
२) कच्चा वैद्यको मात्रा यमपुरीको यात्रा।
३) कसैको आहार कसैको विष।
४) कसैले तपाईं भनोस् नभनोस् आफैं मपाईं ।
५) काग कराउँदैछ पिना सुक्दैछ।
६) काटेको घाउमा नुन चुक।
७) काना गोरूलाई औंसी न पूर्णे।
८) खाउञ्जेल आफ्नो खाइसक्यो बिरानो।
९) खाने मुखलाई जुँगाले छेक्दैन।
१०) जहाँ इच्छा त्यहाँ उपाय।
११) गर्जने बादल बर्संदैन।
१२) गधा मलेर गाई हुँदैन।
१३) गल्ती गर्नु मानिसको स्वभाव हो।
१४) गाई मारेर गधा पोस्ने।
१५) गुहुलाई चलायो गन्ध।
१६) घाँटी हेरी हाड निल्नु।
१७) चोरको मनमा जहिले पनि ढुकढुक।
१८) जसको मन खोटो उसको मन छोटो।
१९) एउटा बिराउने शाखा पिराउने।
२०) बाँदरको पुच्छर लौरो न हतियार।
२१) अगुल्टोले हानेको कुकुर बिजुलीदेखि तर्सन्छ।
२२) नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छो बाउको अनुहार।
२३) रातभरी रुङ्यो, बूढी जिउँदै।
२४) जब राती, बूढी ताती।
२५) हात्ती छिर्यो पुच्छर अड्क्यो।
२६) हात्ती आयो हात्ती आयो फुस्सा।
२७) किन रोइस् मङ्गले आफ्नै ढंगले।
२८) एक्लो बृहस्पति झुट्टा।
२९) नजिकको तीर्थ हेला।
३०) ढुंगा खोज्दा देउता मिल्नु।
३१) गहिरा घरलाई पहिरा डर, डाँडा घरलाई के को डर।
३२) लाटो लड्छ एक बल्ड्याङ, बाठो लड्छ तीन बल्ड्याङ।
३३) लाटा देशमा गाँडा तन्नेरी।
३४) अन्धाको देशमा आँखा छोप्नु, लङ्गडाको देशमा खुट्टा खोच्याउनु।
३५) साउनमा आँखा फुटेको गोरूले बार्है महिना हरियो देख्छ।
३६) औंसीमा किन्यो पूर्णेमा फाट्यो।
३७) खान्न खान्न लोकाचार खाएपछि माना चार।
३८) काम छउन्जेल भाँडो काम सकिएपछि ठाँडो।
३९) जति भाँडो उति चुबर्को।
४०) तँ आँट म पुर्याउँछु।
४१) हरिप देखेर दैव डराउँछ।
४२) दैव दिने पितृ हर्ने।
४३) बार्ह वर्षमा पोइ आयो मै राँडलाई ज्वर आयो।
४४) बाहुना बाउले च्याउ खाओस् न स्वाद पाओस्।
४५) मर्ने बेलाँ हरियो काँक्रो।
४६) भुक्ने कुकुले टोक्दैन।
४७) विष नभएको सर्प र ईख नभएको मानिस काम लाग्दैन।
४८) राम राम सीता पोइ मर्ने बेला कोही न कोही।
४९) मर्दकी दश ओटी।
५०) मुखमा राम राम बगलीमा छुरा।
५१) मौकामा कोढीको पनि पाउ मोल्नु पर्छ।
५२) गाई कहिले ननुहाए पनि सेता सेतै, भैंसी जति नुहाए पनि काला कालै।
५३) बलेको आगो ताप्न छोडेर निभेको आगो को तापोस्।
५४) बलेको आगोमा घिउ थप्नु।
५५) अर्थ न बर्थ गोविन्द गाई।
५६) छन् गेडी सबै मेरा छैनन् गेडी सबै टेढा।
५७) दुधको साक्षी बिरालो।
५८) कहिले सासूको पालो कहिले बुहारीको पालो।
५९) बार्ह वर्षमा खोलो पनि फर्कन्छ।
६०) टुहुराको सहारा दैव।
६१) मेरो गोरूको बार्है टक्का।
६२) नाच्न जान्दैन आँगन टेढो।
६३) भाग्यमानीको भूतै कमारो।
६४) तालुमा आलु फल्नु।
६५) जोईको जोई पोईको पोई हामी बीचमा कोई न कोई।
६६) जो चोर उसकै ठूलो स्वर।
६७) चोरको स्वर ठूलो डाँकाको आँखा ठूलो।
६८) नदुखेको कपाल डोरी लगाई लगाई किन दुखाउनु।
६९) बैंसमा स्याल पनि घोर्ले हुन्छ।
७०) बाघ बूढो स्याल तन्नेरी।
७१) बाघको मुख खाए पनि रातै नखाए पनि रातै।
७२) लोग्ने स्वास्नीको झगडा परालको आगो।
७३) धोबीको कुकुर घरको न घाटको।
७४) कसैलाई के धन्दा कसैलाई के धन्दा घरज्वाईंलाई खानको धन्दा।
७५) अनुहार न दनुवार पाण्डव सुनुवार।
७६) पैसा न सैसा टिकी ट्याँस ट्याँस।
७७) जुन जोगी आएपनि कानै चिरेको।
७८) गाई गंगा बराबर।
७९) ताक परे तिवारी नत्र गोतामे।
८०) मौका परे दुलाँ हात मौका नपरे पाखाँ हात।
८१) लातको भुत बातले मान्दैन।
८२) तै रिन मै बूढी बाख्री किन।
८३) काम गर्ने कालु मकै खाने भालु।
८४) देख्ना दाल खाना काल।
८५) अघिको तीतो पछिको मीठो।
८६) अर्काको नासो गलपासो।
८७) मौकामा हिरा फोर्नु बेमौकामा कोडी नछोड्नु।
८८) कहिले माथैमाथ कहिले पुर्पुरोमा हात।
८९) चिन्नु न जान्नु घचेडी माग्नु।
९०) न आमा पट्टिको न मामा पट्टिको।
९१) हरेस खानु बरु चरेस नखानु।
९२) मोही माग्नु ढुंग्रो लुकाउनु।
९३) आफ्नो हात जगन्नाथ।
९४) जिउँदाको जन्ती मर्दाको मलामी जानुपर्छ।
९५) नमरी स्वर्ग देखिंदैन।
९६) बार्ह छोरा तेर्ह नाति बूढाको धोक्रो काँधै माथि।
९७) स्वास्नीमान्छेको थर छैन लोग्ने मान्छेको घर छैन।
९८) जात फाल्नु गहतको झोलमा।
९९) स्वास्नीमानिसको चरित्र र लोग्नेमानिसको भाग्य कसैलाई थाहा हुँदैन।
१००) स्वास्नीमानिसको उमेर नसोध्नु लोग्नेमान्छेको कमाई नसोध्नु।
१०१) नजाने गाउँको बाटो नसोध्नु।

नेपालीरैबार । २०७८ भाद्र ९, बुधबार