![](https://nepaliraibar.com/wp-content/uploads/2023/08/nraibar.gif)
सिमकोट । हिन्दु,र बौद्ध धर्मालम्बीहरुको महत्वपूर्ण तिर्थस्थल कैलास मानसरोवरको दूर दर्शनका लागि सद्गुरु बुधबार हुम्ला आउने भएका छन । हुम्लाको नाम्खा गाउँपालिका वडानं ६को लिमीको लाप्चाबाटै कैलास दर्शनको लागि २ दिनको अवधिमा १ सय ७ जना विभिन्न देशका विदेशी पर्यटक तथा स्वदेशी पयर्टक जिल्ला पुगेको सिमकोट विमानस्थल श्रोतले जानकारी दिएको छ ।
पर्यटन व्यवसायी निमा लामाले कोरोना कहरले हिल्सा नाका बन्द हुँदा पहिलो पटक सतगुरुसहित ५० जनाको भारतीय धार्मिक पर्यटकको टोली हुम्ला पुग्ने थालेका बताए । कोरोना भाइरसकै कारण धार्मिक तथा सांस्कृतीक महत्वको कैलास मानसरोवार आवतजावत गर्न चीनीया पक्षले रोक लगाएका बेलामा सद्गुरु हुम्लाको लाप्चाबाटै दर्शन गर्न हुम्ला आउन लागेको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । सदगुरूले पाँच हजार मिटर अग्लो स्थान हुम्लाको लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गर्न सकिने व्यास्था मिलाएको छ।
![](https://nepaliraibar.com/wp-content/uploads/2022/02/hare-Krishna-Dental.gif)
नेपालीरैबार । २०७८ भाद्र ९, बुधबार