कृषककाे समृद्धिसँग जाेडिएकाे ‘गुराँस गौरवमार्ग’

कृषकले उत्पादन गरेका बस्तु अब सहजै बजार

सेप्टी (दैलेख) । गुराँस गाउँपालिकाले पालिकाभित्रका कृषकहरुले उत्पादन गरेका सामग्री सहजै बजारसम्म पु¥याउन गुराँस गौरवमार्ग निर्माण गरेको छ । ८ वडा रहेको पालिकाका वडा नम्बर २ र ७ बाहेक अन्य वडाहरु छुनेगरी गौरवमार्ग निर्माण गरिएको हो ।

वडा नम्बर १ को सेप्टीदेखी वडा नम्बर ८ को धरमपोखरासम्म जोड्ने सडक पालिकाले निर्माण गरिसकेको छ । आगामी दशैँदेखि सडकमा नियमित गाडी सञ्चालन गर्नेगरी मर्मतकाे तयारी भइरहेको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जानकारी दिए । वर्षातमा केही क्षेत्रमा पहिराे गएर सडक अवरूद्ध भएकाे उनकाे भनाइ छ ।

‘‘गुराँस गौरवमार्ग’ को उदेश्य कृषकहरुले उत्पादन गरेका हरेक बस्तुहरु सहजै बजारसम्म ढुवानी गर्नु हो,’ अध्यक्ष ओली भन्छन्, ‘पालिकाका सबै वडाहरुमा तरकारी, फलफुल र दुध उत्पादन भइरहेकोले कृषकहरुको सहजताको लागि सडक निर्माण गरेका हौं ।’ सडक सञ्चालन आएपछि गुराँसको उत्पादन प्रदेश राजधानीसहित बाह्य जिल्लामा पठाउन थप सहज हुनेछ ।

गुराँसको वडा नम्बर १ को सेप्टीबाट शुरु भएर सडक वडा नम्बर ३, ४, ५, ६ र ८ को धरमपोखरासम्म जोडिएको छ । तर गुराँस मार्गले वडा नम्बर २ र ७ लाई भने जोडेको छैन् । यी दुवै वडा कार्यालयसम्म पुग्न सडकले भने छाेएकाे छ ।

गुराँस गौरव मार्गको कुल दुरी झण्डै ५७ किलोमिटर छ । गुराँसलाई दैलेख सडक र मटेला जाने सडकले समेत जोडेको छ । तर यी मुख्य सडकको पहुँचभन्दा बाहिर पनि बस्ती रहेकाले गौरव मार्ग निर्माण गरिएको अध्यक्ष ओली बताउँछन् ।

‘गाउँमा उत्पादन हुने कृषि वस्तु सहजै बजार पु¥याउन गाह्रोहुँदा गाउँमै खेर गएको अवस्था छ,’ ओली भन्छन्, ‘गौरवमार्ग सञ्चालनमा आएपछि सबै किसानहरुको उत्पादन बजारसम्म पु¥याउन सहज हुनेछ भने कृषकहरुको आयस्तरमा अपेक्षाकृत वृद्धि हुनेछ ।’ गुराँस गौरव मार्गको योजना २०७४ सालबाट शुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया