![](https://nepaliraibar.com/wp-content/uploads/2023/08/nraibar.gif)
काठमाडौं । प्राचीन कालदेखि नेपालमा विभिन्न सम्वत् प्रचलनमा ल्याइएका थिए । त्यस्ता सम्वत् शक संवत्, मानदेव सम्वत्, विक्रम सम्वत्, कलियुग सम्वत्, लक्ष्मण सम्वत् आदी हुन । वर्तमान नेपालमा प्रचलनमाा रहेको विक्रम संवत् भारतको उज्जैंन क्षेत्रमा राजा गर्ने राजा विक्रमादित्यले विदेशीहरुलाई पराजित गरेको खुशियालीमा ईसापूर्व ५७ मा सुरु गरिएका थियो ।
त्यसैगरी शक संवत् पनि भारतीय शासक कनिष्कले ई. सं ७६ मा विदेशीहरुलाई आफ्नो भुमिकाबाट धपाउन सफल भएको खशियालीमा सुरु गरेका थिए । लिच्छविकालको धेरैजसो अभिलेखहरुमा यही शक सम्वतको प्रयोग गरिएका पाइन्छ । मध्यकालको सुरुवातसँगै एउटा नयाँ संवतको सुरुवात गर्न थालियो । त्यो नयाँ सम्वत नेपाल सम्वत थियो । नेपाल सम्वत् वि.स ९३६ साल कार्तिक शुक्ल प्रतिपदाको दिन वा अक्टोवर २०, सन ८७९ वृहस्पतिबारको दिनदेखि सुरु भएको थियो ।
सुरुसुरुमा यो सम्वतको कुनै नाम थिएन, मात्र चलनचल्तीमा ल्याइएका्े थियो । पछि गएर त्यसलाई नेपाल सम्वतको नामले परिचित गराइयो । मध्यकालका अधिकाँश अभिलेखहरुमा त्यही नेपाल सम्वतको प्रयोग गरिएको पाइन्छ । नेपाल सम्वत् र विक्रम सम्वत् ९३६ बर्ष ७ महिनाको फरक भएकाले नेपाल सम्वतलाई विक्रम सम्वतमा रुपान्तरण गर्नु पर्दा कार्तिक भन्दा पछाडी चैत्र मसान्तसम्म मिति भए ९३६ बर्ष र बैशाख १ देखि कार्तिक कृष्णपक्षयसम्म भए ९३७ बर्ष जोडर विक्रम सम्वत् बनाउने गरिन्छ ।
नेपालका बरिष्ठ इतिहासकार डा. डिल्लीरमण रेग्मीले नेपाल सम्वतको सुरुवात तत्कालिन राजा रामदेवको शासनबालबाट सुरु भएको बताएका छन । डा रेग्मीले रामदेव नेपालको राजा भएको वेलामा कुनै ठूलो महामारी फैलियो र त्यसबाट मुक्त पाउन पशुपति नाथमा विशाल यज्ञ सम्पन्न गरियो, त्यसपछि उक्त महामारी साम्य भयो । त्यसरी महामारी रोकिएको खुशियालीमा नेपाल सम्वत् पशुपतिको सम्मानार्थ चलाइएको हुनसक्ने धारण व्यक्त गरेका छन । लुसियानो पेटेकद्धारा प्रकाशित गोपालराजबंशावलीमा रामदेवले पशुपतिलाई लक्ष्य गरेर सम्वत चलाए भनिएको छ । अहिले नेवारी समुदायमा यसको चलन चलिरहेको छ ।
![](https://nepaliraibar.com/wp-content/uploads/2022/02/hare-Krishna-Dental.gif)
नेपालीरैबार । २०७८ भाद्र ९, बुधबार